आइतबार , बैसाख ५, २०७८

कोरोना विरुद्धको खोप लगाउन सर्वसाधरणमा उत्साह

कोरोना विरुद्धको खोप लगाउन सर्वसाधरणमा उत्साह

२६ फागुन,काठमाडौं । कोरोना कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि सर्वसाधरणमा उत्साह छाएको छ । अहिले खोप लगाउनका लागि बिहानैदेखि सर्वसाधारणको खोप केन्द्रमा लामो लाइन देख्न सकिन्छ ।

दोस्रो चरणको खोप यही फागुन २३ गतदेखि सञ्चालन भइरहेको छ । पैंसठ्ठी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उपलब्ध गराइने खोपमा अहिले दैनिक दुई लाखभन्दा बढीले खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार खोपप्रति नकारात्मक धारणा परिवर्तन भएपछि खोप लगाउने सङ्ख्यामा वृद्धि भइरहेको छ । पहिले खोपबारे नकारात्मक सोचका कारणले खोप लगाउन त्यति उत्साह थिएन” उनले भने, “तर अहिले ज्येष्ठ नागरिक बिहानै खोप लगाउन खोप केन्द्र गइरहेका छन् ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले नेपालमा लगाइने खोप ‘कोभिशिल्ड’को प्रभावकारिता पनि ७१ प्रतिशत रहेकाले खोप लगाउने सङ्ख्या वृद्धि भएको हो । अहिले भारतको सिरम इन्स्टिच्युटबाट खरीद गरी ल्याइएको खोप ‘कोभिशिल्ड’ लगाउन थालिएको छ । ‘कोभिशिल्ड’ खोप प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई तथा सरकारका मन्त्रीगणसमेतले लगाइसकेका छन् ।

सरकारले भारतसँग अनुदानमा १० लाख मात्रा र भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाबाट १० लाख खोप मात्रा ‘कोभिशिल्ड’ खरीद गरी ल्याइसकेको छ भने १० लाख मात्रा ल्याउन बाँकी रहेको छ । यस्तै कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार मात्रा खोप पनि नेपाल आइसकेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको पहुँच पनि पु¥याएको र खोपबारे भएको शङ्का मानिसमा हटेपछि लगाउनेको सङ्ख्या वृद्धि भएको छ ।

दोस्रो चरणको खोप अभियानमा सरकारले अहिले हिमाली भेगका १५ जिल्लाका ५५ वर्षभन्दा माथि र अन्य भेगका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई करीब चार हजार खोप केन्द्रबाट खोप लगाइरहेका छन् । सो खोप अभियानमा १६ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । “नयाँ खोपबारे के हुन्छ कसो हुन्छ भनेर मानिसमा केही जिज्ञासा आएको थियो” उनले भने, “तर खोप लगाएपछि कसैलाई सामान्य असर बाहेक जटिल समस्या नदेखिएकाले मानिसमा खोप लगाउन उत्साह आएको हो ।”

खोप लगाएको ठाउँमा सुन्निने, रातो हुने, दुख्ने, थकाइ र आलल्य महसुस हुने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, मांशपेशी वा जोर्नी दुख्ने, फ्लु जस्ता लक्षण देखिने गर्दछन् । खोप शाखा प्रमुख डा गौतमले कोभिशिल्ड खोप लगाएपछि सामान्यभन्दा जटिल समस्या नदेखिएको बताए । उनका अनुसार अहिले दैनिक दुई लाखदेखि दुई लाख ५० हजारसम्म मानिसले खोप लगाइरहेका छन् । अहिलेसम्म ११ लाख मानिसले खोप लगाइसकेका छन् ।

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको छ । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म १।४ प्रतिशत जनसङ्ख्यालाई खोप उपलब्ध गराइएको छ । उक्त अभियानमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो । खोप स्वास्थ्य तथा सामाजिक क्षेत्रका तीन प्रतिशत, ५५ वर्षभन्दा माथिका १७ प्रतिशत, ४० वर्षदेखि ५४ वर्षका ९.५५ प्रतिशत, १५ देखि ३९ वर्ष उमेर समूहका ४२.६२ प्रतिशतलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले मानिसको खोप लगाउने प्रति आकर्षण बढेकोले खोप पु¥याउन नसकिने हो कि भन्ने लागेको बताए । सरकारले खरीद गरेको १० लाख मात्रा ‘कोभिशिल्ड’ चाँडै नै आउने उनले बताए । यस्तै सरकारले ५० लाख मात्रा ‘कोभिशिल्ड’ खोप खरीद गर्ने प्रक्रियासमेत अगाडि बढाइसकेको छ । यसैगरी कोभ्याक्स सुविधामार्फत एक करोड ३० लाख मात्रा खोप नेपालमा आउने भएको छ । पहिलो मात्रा लगाएको आठदेखि १२ हप्ताभित्र लगाएको खोप बढी प्रभावकारी हुन्छ ।

खोप लगाएपछि पनि कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । नेपालमा अहिलेसम्म कोभिड–१९ को दुई लाख ७४ हजार ८६९ जनालाई सङ्क्रमण, दुई लाख ७० हजार ९७८ जना सङ्क्रमणबाट निको र तीन हजार १२ जना सङ्क्रमणबाट निको भइसकेका छन् । यस्तै नेपालमा निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

के तपाईलाई थाहा छ, पुरुषले महिलाहरुलाई कसरी आकर्षित गर्छन ? के तपाईलाई थाहा छ, पुरुषले महिलाहरुलाई कसरी आकर्षित गर्छन ? ३ हप्ता पहिले
मेयर कप सप्तरी प्रिमियर लिग : उदघाटन खेलमा रुपनी राईडर्स विजयी मेयर कप सप्तरी प्रिमियर लिग : उदघाटन खेलमा रुपनी राईडर्स विजयी ४ हप्ता पहिले
हार्दिक पाण्ड्या ‘ए’ ग्रेडका खेलाडीमा परे, अन्यको स्थान कहाँ ? हार्दिक पाण्ड्या ‘ए’ ग्रेडका खेलाडीमा परे, अन्यको स्थान कहाँ ? २ दिन पहिले
रङसंगै उत्सवमय देखिएको मिथिला रङसंगै उत्सवमय देखिएको मिथिला ३ हप्ता पहिले
नयाँ वर्षसँगै राजनीतिक दलहरूबीच समन्वय र समझदारी हुने सभामुखको विश्वास नयाँ वर्षसँगै राजनीतिक दलहरूबीच समन्वय र समझदारी हुने सभामुखको विश्वास ४ दिन पहिले
ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोनाबाट ३ हजार ४५९ जनाको मृत्यु ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोनाबाट ३ हजार ४५९ जनाको मृत्यु ३ दिन पहिले
माओवादीका ४ सांसद निलम्बन गरेको पत्र संसद सचिवालयमा दर्ता माओवादीका ४ सांसद निलम्बन गरेको पत्र संसद सचिवालयमा दर्ता २ हप्ता पहिले
अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार : महामन्त्री कोइराला अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार : महामन्त्री कोइराला ४ हप्ता पहिले