निकारागुवाको चिनान्डेगा शहर ज्वालामुखीको धुलोले ढाकियो
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार २०:३४:४८
२६ फागुन, मानागुवा । मध्य–अमेरिकी राष्ट्र निकारागुवाको सबैभन्दा अग्लो ठाउँ सान क्रिस्टोबलमा ज्वालामुखी बिस्फोट हुँदा चिनान्डेगा शहर र त्यसको आसपासको क्षेत्रको आकाश धुँवा र धुलोले ढाकिएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार मङ्गलबारको उक्त बिस्फोट निकै शक्तिशाली रहेको र आकाशमा धुँवा र खरानीजस्तै धुलो १७ किलोमिटरसम्म फैलिएको थियो । सान क्रिस्टोबलमा सामान्यतया वर्षैभरि ज्वालामुखी सक्रिय हुने गर्दछ ।
स्थानीय पत्रकार कारोल अल्टामिरानोले धुँवा र धुलोका कारण किसानको धान, तरकारी र फलफूल तथा गाईबस्तुका चरन सबै खैरो धुलोले ढाकिएको जानकारी दिए ।
इनेटर अध्ययन इन्स्टिच्यूटले ज्वालामुखीको तिब्रता आगामी दिनमा घट्ने र जनजीवनमा त्यति खतरा उत्पन्न नहुने बताएको छ ।यसपटकको ज्वालामुखी बिस्फोटबाट करिब ३० मिनेटसम्म धुँवा र धुलो आकाशमा आएको थियो । सडकमा गुडिरहेका सवारी साधनले प्रकाश मधुरो भएपछि दिउँसै बत्ती बाल्नु परेको थियो ।
किसानहरुले पानीका स्रोतलाई छोप्नुका साथै गाईबस्तुलाई सुरक्षित स्थानमा लगेका थिए । शहरमा मानिसले छाता ओढ्ने, टोपी लगाउने र अनुहारमा मास्क लगाउने गरेका थिए ।
करिब एक हजार ७४५ अग्लो सान क्रिस्टोबलको ज्वालामुखी क्षेत्र मध्य अमेरिकी क्षेत्रको सातौं हो । यो क्षेत्र राजधानी मानागुवादेखि उत्तरपश्चिम करिब १३२ किलोमिटर टाढा चिनान्डेगा क्षेत्रमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार