सोमबार , बैसाख ६, २०७८

सैनिक दौड प्रतियोगितामा मल्ल र बुढा प्रथम

सैनिक दौड प्रतियोगितामा मल्ल र बुढा प्रथम

२६ फागुन,जुम्ला । नेपाली सैनिक दिवस तथा महाशिवरात्रिका पूर्वसन्ध्यामा जुम्लामा दौड प्रतियोगिता गरिएको छ । नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डा जुम्लाको आयोजनामा दौड प्रतियोगिता गरिएको हो । दुई चरणमा सञ्चालन गरिएको प्रतियोगितामा ४० वर्ष माथिकालाई पाँच किलोमिटर र ४० वर्ष मुनिकालाई नौ किलोमिटर दूरीमा दौडाइएको थियो ।

चालीस वर्षमाथिका पाँच किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्रबहादुर मल्ल, द्वितीय हरि रोकाया र तृतीय दिलबहादुर रोकाया तथा ४० वर्ष मुनिको नौ किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्र बुढा, द्वितीय प्रकाश कठायत र तृत्तीय अङ्गद धामी भएका छन् । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु सात हजार, रु पाँच हजार र रु तीन हजार तथा प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको गणपति दिवाकर रायमाझीले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

साथै विश्व कीर्तिमान कायम गरेका पृथक धावक हरि रोकायालाई ढाका टोपी लगाएर सम्मान गरिनाका साथै प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय