कृषिमा बाह्य लगानी फिर्ताको माग गर्दै ज्ञापन
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार २०:४५:१९
२६ फागुन, काठमाडौं । कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘कृषिमा वैदेशिक लगानी खुला विरुद्ध सङ्घर्ष समिति’ले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवसमक्ष ज्ञापनपत्र पेश गरेको छ ।
नेपाल अण्डा उत्पादक संघ, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय पशुपक्षीपालन सहकारी संघ लिमिटेड, डेरी उद्योग संघ, कृषि बीउ तथा तरकारी समूह नेपाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मौरीपालक महासंघ, नेपाल कुखुरापालक संघ, चितवन केरा उत्पादक संघ र राष्ट्रिय कृषक समूह महासंघका पदाधिकारी सम्मिलित समितिका प्रतिनिधिले आज सभापति श्रीवास्तवसमक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै सरकारी निर्णय फिर्ताका निम्ति प्रयास गरिदिन आग्रह गरेको हो ।
नेपालको कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्दा खाद्य सुरक्षा कमजोर हुने, नेपाली बजारमा विदेशी लगानीकर्ताको एकाधिकार सिर्जना हुने, बजारमा बाह्य नियन्त्रण बढ्नेलगायत गुनासो समितिले गरेको छ । संवेदनशील क्षेत्र कृषिमा विदेशी लगानी ल्याउँदा नेपालको सामाजिक, आर्थिक, राजनीतिक, सुरक्षालगायत अन्य क्षेत्रमा प्रतिकूल असर पर्ने तर्क गर्दै उनीहरूले सार्वभौम संसद्लाई आवश्यक नीति बनाउन र कृषिमा वैदेशिक लगानी हुन नदिने प्रावधानको व्यवस्था गर्न अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार