पदयात्रा एवं पदयात्रा सामग्री प्रयोगबारे भ्रमण
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार २१:१३:१२
२६ फागुन,पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन(टेसा)पोखराको आयोजनामा पदयात्रा एवं पदयात्रा सामग्रीको प्रयोग तथा जानकारी विषयक अवलोकन भ्रमण गराइने भएको छ । पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले आगामी चैत १ देखि ४ गतेसम्म अवलोकन भ्रमण गर्न लागेको हो ।
कोरोनाका कारण लामो समयदेखि तहसनहस पदयात्रा पर्यटनलाई पुरानै लयमा फर्काउनाका साथै पदयात्रामा प्रयोग गरिने सामग्रीको प्रयोगात्मक जानकारीसमेत गराउने लक्ष्यका साथ अवलोकन भ्रमण गराउन लागिएको कार्यक्रम संयोजक एवं टेसा पोखराका निवर्तमान अध्यक्ष रामचन्द्र गिरीले जानकारी दिए ।
उनका अनुसार चार दिने पदयात्राका क्रममा सहभागीले कास्कीको काँडेदेखि अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प, बादलडाँडा, मर्दी हाइक्याम्प हुँदै भ्यु प्वाइन्टसम्म पदयात्रा गर्दै फर्कने छन् । हिउँले ढाकिएका हिमाल, वरपरदेखिने हरिया वनजङ्गल, डाँडाकाँडा र बस्तीको एकसाथ दृश्यावलोकन मर्दी ट्रेकको विशिष्टता भएको उनले बताए ।
अवलोकन भ्रमणले मर्दी पदयात्राको प्रवद्र्धनका साथै पदयात्रामा प्रयोग गरिने सामग्री, त्यसको गुणस्तरीयता एवं उपलब्धतालगायतका विषयमा थप जानकारी प्राप्त हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले जानकारी दिए । कोरोनाले लामो समयदेखि सुस्ताएको पर्यटनलाई चलायमान बनाउन बोर्डका तर्फबाट पर्यटनसम्बद्ध सङ्घ संस्थासँगको सहकार्यमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । पदयात्रा पर्यटनमा प्रयोग गरिने सामग्रीको बिक्री वितरणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ पोखरामा २०५४ सालदेखि संस्थागत रुपमा नै ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएशन९टेसा० क्रियाशील छ । पदयात्रा पर्यटनको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान गर्दै आएको टेसामा हाल विभिन्न ७५ व्यवसायी आवद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार