बुधबार , बैसाख ८, २०७८

म सत्ताको खेलमा हैन, एकपटक फेरि सभापतिको चाहनामा छु : देउवा

म सत्ताको खेलमा हैन, एकपटक फेरि सभापतिको चाहनामा छु : देउवा

२६ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्थापना गरेयता नेपाली राजनीतिक वृत्तमा सबैभन्दा बढी चर्चा गरिएका पात्र हुन्–शेरबहादुर देउवा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको चर्चा भावी प्रधानमन्त्रीका रुपमा भएको हो ।

बजारी हल्लालाई अझै व्यापक बनाउने काम प्रचण्ड–माधव समूहले गरे । किनभने फागुन १२ गते चितवनबाट राजधानी आएका नेताद्वय एयरपोर्टबाट सोझै हान्निए बूढानिलकण्ठ । उनीहरुले अब प्रधानमन्त्री केपी ओलीलाई विस्थापन गरी बाग्डोर सम्हाल्न प्रस्ताव गरे । त्यतिखेर पनि देउवा भने हौसिएनन् । उनले केही समय पर्खाैं भन्ने जवाफ मात्र दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसयता धेरैपटक यस्तै हल्ला फिंजाइए । देउवा अब प्रधानमन्त्री बन्ने पक्का । तर फागुनको २३ गते आइपुग्दा राजनीतिक परिदृश्यले कोल्टो फे¥यो । एकाएक नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत हैसियतमा आए । सर्वाच्च अदालतले नै यस्तो फैसला दियो ।

अनि ओली पार्टी भित्र फेरि बौरिएका छन् । उनको हातमा विरोधी नेताहरु फेरि आइपरेका छन् । एमालेको प्रतिनिधिसभामा १२० सिट छ । त्यो ओलीका लागि अकाट्य छ । तर सरकार जोगाउन ओलीलाई थप १८ मत आवश्यक छ । त्यो मत जुटाउन उनी अहिले जनता समाजवादी पार्टीलाई फकाउँदैछन् । सके सग्लो नत्र फुटाएर भएपनि समर्थन लिने उनको दाउ छ ।

उता, माओवादी केन्द्रपनि अब ओलीको विकल्प खोज्न फेरि कांग्रेस र जसपा नेताको घरदैलो गर्ने पक्षमा पुगेका छन् । तर देउवा भने अझै पुरानै अडानमा छन् । हिजो मात्रै प्रचण्डले देउवालाई भेटे । प्रधानमन्त्रीको पहल गर्न प्रस्ताव गरे । तर देउवा टसमस भएनन् । उनले जवाफ दिए– अझै केही समय कुरौं न ।

आज भने देउवाले सबैको जिज्ञाशा मेटिने गरी जवाफ दिए । आफूलाई भेट्न आएका जनजाति नेताहरुसँगको छलफलमा देउवाले भने – म सत्ताको खेलमा छैन । किनभने कम्युनिष्टहरुको भरै हुँदैन । कतिबेला के स्वार्थले के गर्छन्, टुंगो हुँदैन ।

देउवाले अझै प्रष्ट पार्दै भने–अहिले प्रधानमन्त्री बनाउलान्, दुई महिनापछि उनीहरुको स्वार्थ बाझिन्छ अनि अविश्वास प्रस्तावको खेला सुरु हुन्छ । त्यसैले आफु सत्ताको खेलबाट टाढै रहने पनि देउवाले प्रष्ट्याए । बरु मेरो सबै ध्यान र उर्जा पार्टी महाधिवेशनतिर लगाउँछु भन्दै सभापति देउवाले अर्काे एक कार्यकाल आफू सभापति बन्न चाहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय