बुधबार , बैसाख ८, २०७८

दक्ष जनशक्ति उत्पादन गर्न विद्यार्थीलाई प्रोत्साहन

दक्ष जनशक्ति उत्पादन गर्न विद्यार्थीलाई प्रोत्साहन

२६ फागुन, फुङ्लिङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक विषय पढ्ने विद्यार्थी प्रोत्साहन गर्ने भएको छ । गत वर्ष माध्यमिक शिक्षा उत्तीर्ण गरी विज्ञानसहित पाँच प्राविधिक विषय अध्ययन गर्ने तथा गरिरहेका विद्यार्थीलाई प्रत्साहन गर्दै आएको छ । पालिकाभित्रका सामुदायिक विद्यालयबाट २०७६ सालको एसइई परीक्षा उत्तीर्ण भई उच्च शिक्षा अध्ययन गर्ने र गरिरहेका विद्यार्थीलाई पालिकाले प्रोत्साहनस्वरुपमा छात्रवृत्ति उपलब्ध गराउने पाथीभरा याङ्वरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख लासाङ तामाङले बताए ।

विज्ञान, स्टाफ नर्स, आइएस्सीएजी, सब–इन्जिनीयरिङ, हेल्थ असिष्टेन्ट साथै कृषि विषयमा अध्ययनरत तथा अध्ययन गर्न चाहने विद्यार्थीलाई गाउँपालिकाले प्रोत्साहन छात्रवृत्ति उपलब्ध गराउने कार्ययोजना भएको तामाङले बताए। गत आर्थिक वर्षमा गाउँपालिकाले आठजना विद्यार्थीलाई १२ हजारदेखि २८ हजारका दरले जम्मा एक लाख ५० हजार प्रोत्साहन छात्रवृत्ति उपलब्ध गराएको तामाङले बताए । यस चालू आर्थिक वर्षमा गाउँपालिकाले रु दुई लाख बजेट विनियोजन गरेको छ । अहिलेसम्ममा १७ जनाको प्रोत्साहन छात्रवृत्तिका लागि आवेदन आएको तामाङले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्थानीयस्तरमा प्राविधिक तथा विज्ञान विषयको दक्ष जनशक्ति उत्पादन गर्नका लागि गाउँपालिकाले प्राविधिक विषय पढ्ने विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि छात्रावृत्ति प्रदान गरेको पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केसरकुमार मेन्याबोले बताए। उनले भने, “पहाडी क्षेत्रका विद्यालयमा विज्ञान र गणित विषय पढाउने शिक्षक पाइँदैन । तराईदेखि खोजेर शिक्षक ल्याउनुपर्दछ । तराईदेखि ल्याएको शिक्षक पहाडी क्षेत्रमा टिकाउनै समस्या हुन्छ । गाउँपालिकामै यस्तो विषय पढ्न चाहने विद्यार्थीलाई गाउँपालिकाले सहयोग गरेको छ ।” उत्पादन भएका दक्ष जनशक्ति गाउँपालिकामा अवसर प्रदान गर्ने मेन्याङबोले बताए ।

पाथीभरा याङवरक गाउँपालिकामा ३६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छ । दुई हजार ६०० विद्यार्थी अध्ययन अध्यापन गर्दै आएको शिक्षा शाखाले जनाएको छ । दुई सय ८७ जना शिक्षकशिक्षिका कार्यरत हुन् । गाउँपालिकाको अन्तरिक स्रोतबाट १२ शिक्षक रहेको शिक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय