बिहिबार , बैसाख २, २०७८

नागरिक आरोग्यता सेवा केन्द्र स्थापना

नागरिक आरोग्यता सेवा केन्द्र स्थापना

२६ फागुन,लमजुङ । डुमे्र –बेँसीशहर सडक नजिकै लमजुङ बेँसीशहर नगरपालिका–२ भकुण्डेमा आरोग्यता सेवा केन्द्र स्थापना गरिएको छ । सङ्घीय सरकारको आर्थिक सहयोग तथा जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्रको समन्वयमा आज उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्र अन्तर्गत रहने गरी स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रको आज बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उद्घाटन गरेका छन्।

नगर प्रमुख अर्यालले रोग लाग्न नदिने उपाय अपनाउँदै सकेसम्म शरीरलाई स्वस्थ राख्नुपर्नेमा जोड दिए । प्रमुख अर्यालले आयुर्वेद विधिबाट गरिने उपचार सबैभन्दा प्रभावकारी विधि भएको र योसँगै गरिने योग र अभ्यासले शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने भएकाले यसको फाइदा स्थानीयवासीलाई लिन आग्रह गरे । त्यस्तै प्रमुख जिल्ला अधिकारी शर्माले नागरिक स्वस्थ भएमा मात्र देशले समृद्धि हासिल गर्न सक्ने धारण राखे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

वरिष्ठ वैद्य प्रेमप्रसाद पौडेलका अनुसार नागरिक आरोग्य सेवा केन्द्र स्थापनासँगै निःशुल्क टिकट, ओपिडी, २३ प्रकारका निःशुल्क औषधि, नगरपालिकालाई रसायन औषधि, पञ्चकर्मा अन्तर्गत स्वेदन र स्नेहन तथा स्वास्थ्य शिक्षा जस्ता कार्यक्रम सञ्चालन गरिने भएको छ ।

जिल्लाको सिफारिसमा सङ्घीय सरकारले लमजुङको ३ स्थानमा नागरिक आरोग्य सेवा केन्द स्थापना गर्नेमध्ये पहिलो पटक यस केन्द्र स्थापना गर्दै सञ्चालनमा ल्याइएको बताइएको छ । छिट्टै क्होलोसोथार गाउँपालिका–३ घलेगाउँ र दूधपोखरी गाउँपालिका–५ कोल्कीमा पनि सेवा केन्द्र स्थापना गर्ने तयारी भइरहेको वरिष्ठ वैद्य पौडेलको भनाइ छ । सङ्घीय सरकारको अनुदानको करीब रु २१ लाख बजेटबाट जिल्लामा चालू आवमा यससहित ३ वटा केन्द्र स्थापनका हुने भएको छ ।

सङ्घीय सरकारले जिल्लाका प्रत्येक वडामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने लक्ष्य रहेको वरिष्ठ वैद्य पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

९ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीका दरले बढ्यो ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीका दरले बढ्यो ८ घण्टा पहिले
वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने ११ घण्टा पहिले
नबिल बैंकको ‘नबिल स्मार्ट बैंक एपमा कार्ड इन्ट्रिग्रेशन’ सेवा शुभारम्भ नबिल बैंकको ‘नबिल स्मार्ट बैंक एपमा कार्ड इन्ट्रिग्रेशन’ सेवा शुभारम्भ ९ घण्टा पहिले
स्मार्टडोकोले ल्यायो नयाँ वर्षको अफर, अनलाइन सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाइने स्मार्टडोकोले ल्यायो नयाँ वर्षको अफर, अनलाइन सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाइने ७ घण्टा पहिले
नयाँ वर्षमा बन्दीपुरमा मात्रै दश हजार पर्यटक नयाँ वर्षमा बन्दीपुरमा मात्रै दश हजार पर्यटक ९ घण्टा पहिले
श्रीमानसँगै कोरोना अस्पतालमा भर्ना भएकी महिलाको मृत्यु श्रीमानसँगै कोरोना अस्पतालमा भर्ना भएकी महिलाको मृत्यु १० घण्टा पहिले
नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै १० घण्टा पहिले
भारतमा एकैदिन २ लाख भन्दा बढी संक्रमित भारतमा एकैदिन २ लाख भन्दा बढी संक्रमित ८ घण्टा पहिले