शुक्रबार , बैसाख १०, २०७८

माधव नेपालले बोलाए गुटको भेला

माधव नेपालले बोलाए गुटको भेला

२६ फागुन, काठमाडौं । नेकपा एमाले व्यूँतिएर माधव नेपाल पक्षसमेत आएपछि फेरि गुटगत भेलाहरु सक्रिय हुन थालेका छन् । हिजोबाट एमालेमा समाहित भएका नेपाल लगायत झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे अब आफ्नो गुटलाई थप सुदृढ बनाउन कस्सिएका छन् ।

सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र पुनस्थापित गरेपछि एमालेले संस्थागत बैठक डाकेको छैन । तर माओवादी केन्द्र भने औपचारिक बैठकमा जुटिसकेको छ । प्रधानमन्त्री केपी ओलीले एमाले ब्यूँतिएपनि पार्टीको संस्थागत बैठक नडाकेपछि नेपाल – खनाल गुटले गुटगत भेला तीब्र बनाउन थालेका छन् । यसैक्रममा आज साँझ ४ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक बोलाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त भेलामा समसामयिक विषय लगायत ओलीप्रति कस्तो व्यवहार र रणनीति बनाउने भन्ने सन्दर्भमा नै छलफल केन्द्रित हुने एक नेताले बताएका छन् । उता, ओली पक्षले पनि आफ्ना गुटगत भेला प्रधानमन्त्री निवासमा गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय