मस्र्याङ्दीलाई ओखरका बिरुवा वितरण
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार २१:३९:४१
२६ फागुन, लमजुङ । मस्र्याङ्दी गाउँपालिकालाई थिल सेल जातको(दाँते) ओखर पकेट क्षेत्रका रुपमा विकास गर्नका लागि साढे पाँच हजार वटा बिरुवा वितरण गरिएको छ । बेँसीशहर नगरपालिका–७ मा रहेको डिभिजन वन कार्यालय लमजुङले जिल्लामै पहिलो पटक यस गाउँपालिका ओखर पकेट क्षेत्रका रुपमा अघि बढाउने उद्देश्यले आज सो बिरुवा वितरण गरेको हो ।
उक्त बिरुवा वितरणसँगै गाउँपालिकाको– ९ भलामचौरमा कार्यालय प्रमुख पूणेश्वर सुवेदी, मस्र्याङदी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकलगायतले ओखर बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको शुरुआत गरे । कार्यालय प्रमुख सुवेदीले गाउँपालिकाको उच्च मागलाई लक्षित गर्दै बिरुवा वितरण गरेको बताए । व्यावसायिक रुपमा ओखर खेती गर्न चाहनेलाई प्राथमिकतामा राखेर गाउँपालिकालाई वितरण गर्न उनले आग्रह गरेको छ । जिल्लामा ओखरखेतीका लागि डिभिजन वन कार्यालयले पहिलो पटक यस खेतीको शुरुवात गर्न लागेको उनको भनाइ छ ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष विकले गाउँपालिकाले व्यावसायिक रुपमा खेती गर्न सके आयआर्जनको बाटो हुने भएकाले किसानलाई व्यावसायीकतातर्फ लाग्नका लागि यसले ठूलो टेवा पुग्ने बताए । व्यवसायी बन्न चाहने किसान, सामुदायिक वन, सामुदायिक विद्यालय, स्वास्थ्य चौकी, सङ्घ संस्थालाई पनि वितरण गरिने उनको भनाइ छ ।
बैतडी जिल्लाबाट ल्याएको नर्सरीबाट बिरुवा खरीद गरी निःशुल्क वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । एघार हजार बिरुवा जिल्लामा ल्याएकोमा पाँच हजार ५५ बाँकी रहेको र ती बिरुवा आज भोलि क्व्होलोसोथार गाउँपालिकालाई हस्तान्तरण गरिने उक्त कार्यालय प्रमुख सुवेदीको भनाइ छ । रु चार लाख ७५ हजारमा बिरुवा खरीद गरेर ल्याएको कार्यालय प्रमुख सुवेदीले बताए । उनले भने, “यसका लागि पाँच लाख बजेट थियो ।” ओखर जिल्लामा समुद्री सतहदेखि १५०० मिटरदेखि २५०० मिटर उचाइसम्म खेती गर्न उपयुक्त हुने उक्त कार्यालयले जनाएको छ ।
त्यस्तै, राम्रो स्याहार सुसार गरेमा बिरुवा लगाइएको चार पाँच वर्षबाट फल दिन शुरु गर्ने बताइएको छ । ओखर बहुउपयोगी हुन्छ । तिहारमा समेत यसको प्रयोग गरिन्छ । बिरुवाले फल दिने र काठबाट ठेकीलगायतका सामग्री तयार पारिन्छ । साथै यसको पहेँलो बोक्राबाट पहेँलो रङ बनाउन मिल्ने कार्यालय प्रमुख सुवेदीले बताए । कार्यालयले जिल्लाको तल्लो भेगका लागिसमेत आवश्यक बिरुवा वितरण गर्ने तयारी गरेको छ । सो क्षेत्रमा बिरुवा लगाउनका लागि रु १५ लाख बजेट रहेको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार