बिहिबार , बैसाख २, २०७८

धनगढीमा ओली र नेपाल समूहका कार्यकर्ताबीच झडप

धनगढीमा ओली र नेपाल समूहका कार्यकर्ताबीच झडप

२६ फागुन, कैलाली । कैलालीकाे धनगढीस्थित प्रदेश कार्यलयमा नेकपा एमालेको बोर्ड राख्‍ने विषयमा दुई समूहका कार्यकर्ताबीच झडप भएको छ । प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा एमालेको केपी ओली र माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको हो ।

बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी एमालेको बोर्डसहित भीम रावल प्रदेश इन्चार्ज भएको नेमप्लेट राखेका थिए ।त्यसको केही बेरमा ओली पक्षका कार्यकर्ताले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनीहरूले रावल प्रदेश इन्चार्ज लेखिएको नेमप्लेट हटाउदै लेखराज भट्ट इन्चार्ज लेखिएको नेमप्लेट राखेका छ्न । त्यसपछि झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय