बिहिबार , बैसाख २, २०७८

जोशीलाई भेट्न नर्भिक पुगे देउवा

जोशीलाई भेट्न नर्भिक पुगे देउवा

२६ फागुन,काठमाडौं । मष्तिष्कघात भई उपचाररत काँग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा आज नर्भिक अस्पताल पुगेका छन् ।

पूर्वमन्त्री नवीन्द्रराज जोशी फागुन १४ गते मस्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनर्को अझै भेन्टिलेटरमै राखेर पपचार भइरहेको छ ।पछिल्ला केही दिनदेखि जोशीको स्वास्थ्य अवस्था थप बिग्रिएको खबर आइरहेको बेला पूर्व प्रधानमन्त्री देउवाले थापाथलीस्थित नर्भिक अस्पतालमा गएर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

देउवाले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारजनलाई सान्त्वना समेत दिएका थिए । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोशी अझै भेन्टिलेटरको सपोर्टमा रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय