पर्वतमा माओवादी केन्द्रले राख्यो कार्यालयमा बोर्ड
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार २३:४०:२९
२६ फागुन,पर्वत । सर्वोच्च अदालतले नेकपा विभाजन भई साविक नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र) छुट्टाछुट्टै अवस्थामा रहेको फैसला गरेपछि नेकपा माओवादी केन्द्रले आजदेखि कार्यालयमा बोर्ड टाँसेर खुला गरेको छ । कुश्माबजारस्थित लम्भीडाँडामा रहेको कार्यालयमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, प्रदेश कमिटी सदस्य मनरुपा सुवेदीलगायतको उपस्थितिमा कार्यालय खुला गरिएको माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा कुश्मा नगर कमिटी अध्यक्ष शङ्कर गिरीले जानकारी दिए ।
यसअघि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बने पनि तत्कालीन माओवादी केन्द्रको कार्यालय पूर्णरुपमा बन्द अवस्थामा रहेको थियो । आज बोर्ड टाँगेसँगै माओवादी केन्द्र पर्वत जिल्ला कमिटी र सबै भ्रातृ सङ्गठनका गतिविधि पूर्ववत्ः रुपमा यसै कार्यालयबाट सञ्चालन हुने गिरीले जानकारी दिए । नेकपा विभाजन भएपछि एमालेले सोमबारदेखिनै बोर्ड टाँगेर कार्यालय सञ्चालनमा ल्याइसकेको थियो ।
त्यस्तै चार वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी एकता गरेर देशकै सबैभन्दा ठूलो पार्टी बन्न पुगेको नेकपा पार्टीलाई हालै सर्वोच्च अदालतको फैसलाले नेकपा पार्टी नामको पार्टी अवैध भएको फैसला गरेपछि उदयपुरमा पहिलोपटक पूर्वनेकपाबाट विभाजित भई एमाले र माओवादी केन्द्रले जिल्लामा एमाले र माओवादी केन्द्रको नाममा छुट्टाछुट्टै कार्यालय स्थापना गरेका छन् ।
अदालतको फैसलाबाट नेकपाबाट विभाजित भएको उदयपुरको पूर्वमाओवादी केन्द्रका जिल्ला नेताले आज एक औपचारिक कार्यक्रम गरेर माओवादी केन्द्र पार्टीको जिल्ला कार्यालय औपचारिक स्थापना गरेको सो पार्टीका जिल्ला अध्यक्ष विनोद कटुवालले बताए । जिल्लाको त्रियुगा नगरपालिका–१२ त्रियुगा बसपार्क परिसर क्षेत्रमा पूर्वमाओवादी केन्द्रको पार्टी कार्यालय रहेको भवनमा नै पुनः सो पार्टीको नयाँ कार्यालय स्थापना गरिएको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज मोहन खत्रीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार