बिहिबार , बैसाख २, २०७८

कावासोतीमा कृषि व्यवसाय प्रवर्धन सम्बन्धि तालिम सम्पन्न

कावासोतीमा कृषि व्यवसाय प्रवर्धन सम्बन्धि तालिम सम्पन्न

मिना कंडेल

२३ फागुन, नवलपुर । व्यवसायिक कृषि पेशामा लागेका युवाहरुलाई लक्षित गरि ज्ञान केन्द्र स्तरिय तालिम आवश्यकता पहिचान तालिम सोमवार कावासोतीमा सम्पन्न भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कृषि व्यवसाय प्रबर्धन सहयोग तथा तालिम केन्द्र पोखराको आयोजनामा संञ्चालन गरिएको उक्त तालिममा युवा स्वरोजगार तालिम प्रदानको लागि कृषि तालिम पहिचान र यस सम्बन्धि विषयमा कृषक र कृषि प्राविधिकहरुलाई प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा कृषि व्यवसाय प्रबर्धन सहयोग तथा तालिम केन्द्र पोखराका प्रमुख विष्णु प्रसाद शर्माले तालिमको सहजिकरण गरेका थिए । शर्माले कृषिका लागि प्रदेशले प्रदान गर्ने तालिम र यसको महत्वको बारेमा जानकारी गराएका थिए ।

हिउँदे तथा नगदे बालीका समयमा आवश्यक पर्ने स्रोत साधन र प्रविधिको बारेमा समेत जानकारी प्रदान गरिएको थियो । प्रमुख शर्माले कृषिमा लाग्न चाहने युवाले पहिले तालिम र तालिम छनोटको बारेमा प्रष्ट हुनु पर्ने बताए । आफुले गर्न खोजेको कृषि र यस संग सम्बन्धित तालिम लिएर कृषि गर्नेहो भने सफल भइने उल्लेख गरे । गण्डकी प्रदेशमा एक दशर्जन बढि तालिमहरु संचालन हुने र नवलपुर र गोर्खामा हाल तालिमहरु संञ्चालन भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल प्रसाद लामिछानेले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा कृषि ब्यवसाय प्रबर्धन सम्बन्धि प्रत्यक्ष कार्यक्रम गर्न नसकिएको वरिष्ठ कृषि प्रसार अधिकृत विष्णु प्रसाद घिमिरेले बताए । वास्तविक कृषकलाई पहिचान गरि कृषि ब्यवसाय प्रबद्र्धनमा टेवा पुयाउन सवै लाग्नु पर्नैमा उनले जोड दिए ।

nawalparasi

आयोजित तालिममा नवलपुरका ८ वटै पालिकामा व्यवसायिक कृषि गरिरहेका युवाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि कृषकहरुले वास्तविक कृषकलाई भन्दा बढि अन्य कृषक हुँ भन्नेले मात्र सहुलियत तथा अनुदान पाउने गरेकाले आफुहरु समस्यामा पर्ने गरेको बताएका थिए । आगामि दिनमा मल, विउ समयमा उपलब्ध गराउने, अनुदान दिने साथै कृषकले व्यवसायीक रुपमा कृषि गर्नका लागि प्रेरित गर्नु आवश्यक रहेको बताएका छन् ।

तालिममा सहभागि युवाहरुले उक्त तालिम लिए पश्चात आगामि दिनमा कृषि तालिम र यस सम्बन्धित विषयमा सरल हुने विश्वास लिए । कृषि ज्ञान केन्द्र नवलपुरका वागवनी विकास अधिकृत शंकर पौडेलले कार्यक्रम संञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

केशरमहलस्थित होटल आर्यताराबाट ११ जुवाडे पक्राउ केशरमहलस्थित होटल आर्यताराबाट ११ जुवाडे पक्राउ ४ दिन पहिले
विष्टद्वारा लिखित पुस्तक ‘जीवन–यात्रा’ को लोकार्पण विष्टद्वारा लिखित पुस्तक ‘जीवन–यात्रा’ को लोकार्पण ४ दिन पहिले
सुदूरमा तीन हप्तामै भेटिए १२७ जना कोरोना संक्रमित सुदूरमा तीन हप्तामै भेटिए १२७ जना कोरोना संक्रमित ४ दिन पहिले
सर्वसाधारणको लागि फेरि अर्को इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने, केयर रेटिङ नेपालले दियो ट्रिपल बी माइनस रेटिङ सर्वसाधारणको लागि फेरि अर्को इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने, केयर रेटिङ नेपालले दियो ट्रिपल बी माइनस रेटिङ २ दिन पहिले
गणेशपुर पार्कमा गौतम बुद्धको मूर्ति निर्माण गणेशपुर पार्कमा गौतम बुद्धको मूर्ति निर्माण ५ घण्टा पहिले
आगलागी पीडित पालमुनी रात बिताउन बाध्य आगलागी पीडित पालमुनी रात बिताउन बाध्य ७ घण्टा पहिले
नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता हो : राष्ट्रपति २ दिन पहिले
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता ६ घण्टा पहिले