युवकको हत्या अभियोगमा तीन जना पक्राउ
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बिहिबार १:६:२९
२६ फागुन, चितवन । एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा गैँडाकोट नगरपालिका– २ घर भई नारायणगढस्थित जानकी गेष्ट हाउसमा व्यवस्थापकको काम गर्ने वर्ष ४२ का सञ्जय गजुरेल, भरतपुर महानगरपालिका– २७ घर भई नारायणगढमा भाडामा बस्ने २५ वर्षीय विक्रम महतो र कालिका नगरपालिका– ७ जुटपानी घर भई नारायणगढ बजारमा बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार निजलाई लम्जुङको मस्याङ्दी गाउँपालिका– ५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरुङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार नारायणगढस्थित जानकी गेष्टहाउसमा बसेका गुरुङलाई होटलमा रकम नतिरेका विषयमा विवादपछि हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
यही फागुन १० गते बिहान नारायणगढ छेवैको नगरवन नजिक गुरुङको शव शङ्कास्पद अवस्थामा भेटिएको थियो । सोपश्चात् प्रहरीले अनुसन्धान गरी निज दोषी देखिएपछि पक्राउ गरिएको उनले जानकारी दिए । उनीहरुसँगै शव लैजान प्रयोग गरिएको ना २ ह १२४० नंको अटोसमेत बरामद गरिएको छ । सो अटो पक्राउ परेका महतोले चलाउँदै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १७७ बमोजिम जन्मकैदको मागसहित मुद्दा दर्ता गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार