बुधबार , बैसाख ८, २०७८

नेपाल समूहले वाम गठबन्धनकै सरकारलाई निरन्तरता दिने

नेपाल समूहले वाम गठबन्धनकै सरकारलाई निरन्तरता दिने

२६ फागुन, काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका बहुसंख्यक केन्द्रीय सदस्यले वाम गठबन्धनकै सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।  नयाँ बानेश्वरस्थित अर्याल होटेलमा बुधबार सम्पन्न नेपाल समूहका केन्द्रीय सदस्यको भेलामा सहभागी बहुसंख्यक नेताले वाम गठबन्धनकै सरकारलाई टिकाउनुपर्ने सुझाब दिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।

नेता रघुजी पन्तले संसद् विघटनपछि भएका कुराहरु बिर्सेर पार्टीलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने बताएका छन् । यता नेकपा एमालेका वरिष्ठ नेता नेपालले पार्टी र सरकारबारे विस्तृत छलफल गर्ने बताएका छन् । नेपालले पार्टी र सरकारलाई कसरी लाने र अन्य पार्टीसँगको सहकार्यलाई कसरी लाने भन्ने विषयमा विस्तृत रूपमा छलफल गर्ने बताएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष प्रचण्डसँग छुट्टिएको थियो। एमाले पुनःस्थापित भएयता अध्यक्ष केपी ओलीको अत्यधिक बहुमत रहे पनि केन्द्रीय कमिटीमा भने नेपालका पक्षमा पनि ओलीकै हाराहारी केन्द्रीय सदस्य छन्।

प्रतिनिधि सभाका १ सय २० सांसद कायम रहेकामा नेपालका पक्षमा ४० सांसद छन्। नेपाल पक्षले आफूहरूसँग ४२ सांसद रहेको दाबी गरेको छ।केन्द्रीय कमिटीको समीकरण भिन्न छ। एमालेको नवौं महाधिवेशन र त्यसपछि मनोनितहरूको संख्यालाई आधार मान्दा पार्टी एकताअघि २ सय ५ सदस्यीय थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

 आज चैते दशैं, शक्तिपीठहरुमा भीडभाड नगर्न सरकारको आदेश  आज चैते दशैं, शक्तिपीठहरुमा भीडभाड नगर्न सरकारको आदेश १८ घण्टा पहिले
अयोध्यातर्फ लगिँदै राम–सीता मूर्तिसहितको रथयात्रा अयोध्यातर्फ लगिँदै राम–सीता मूर्तिसहितको रथयात्रा ९ घण्टा पहिले
पर्सामा भारतबाट फर्केका कोरोना संक्रमितको मृत्यु पर्सामा भारतबाट फर्केका कोरोना संक्रमितको मृत्यु ११ घण्टा पहिले
नेपाललाई ओलीको प्रश्न: कर्णालीका सांसदहरूलाई किन भड्काउनु भयाे ? नेपाललाई ओलीको प्रश्न: कर्णालीका सांसदहरूलाई किन भड्काउनु भयाे ? १० घण्टा पहिले
त्रिदेशीय क्रिकेट सिरिज,मैदानमा दर्शकलाई प्रवेश निषेध त्रिदेशीय क्रिकेट सिरिज,मैदानमा दर्शकलाई प्रवेश निषेध १५ घण्टा पहिले
हुन्न कसैको भन्दै आइन सुनिता दुलाल हुन्न कसैको भन्दै आइन सुनिता दुलाल १० घण्टा पहिले
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा, जात्रामा सहभागीलाई मास्क अनिवार्य आज सेतो मच्छेन्द्रनाथको रथयात्रा, जात्रामा सहभागीलाई मास्क अनिवार्य १६ घण्टा पहिले
ज्याला कम हुदाँ प्रधानमन्त्री रोजगार कार्यक्रम गर्न मान्दैनन् युवा ज्याला कम हुदाँ प्रधानमन्त्री रोजगार कार्यक्रम गर्न मान्दैनन् युवा ११ घण्टा पहिले