बिहिबार , बैसाख २, २०७८

महिला चेम्बरको ट्रेड फेयर समापन (फोटोफिचर)

महिला चेम्बरको ट्रेड फेयर समापन (फोटोफिचर)

२३ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर समापन भएको छ ।

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल ¥याडिसनमा आयोजना गरेको मेला बुधबार समापन भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

व्यापारिक प्रदर्शनी तथा मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार पुरस्कृत गरेका थिए । पुस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुन सक्ने बताए ।

women chamber 3

खनालले साना र घरेलु उद्योगहरूलाई प्रबद्र्धन गर्दै मुलुकलाई औद्योगिकरणको मार्गमा लैजान व्यवसायीहरूलाई आग्रह गरे । “हामी उद्योगहरू र औद्योगिक क्षेत्रहरूलाई सुरक्षा उपलब्ध गराउन हरदम तयार छौँ”, उनले भने, “स्थानीय सीप र साधन प्रयोग गरी आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्न तपाईँहरू सफल हुने विश्वास लिएको छु ।”

women chamber 1

मेला समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमीहरूको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्न कार्यक्रम सफल भएको बताए । “हामी महिला उद्यमी तथा व्यवसायीहरूले उत्पादन गर्ने सामग्रीहरूलाई राम्रो प्याकेजिङ गरी निर्यात गर्ने अभियानमा छौँ”, अध्यक्ष श्रेष्ठले भने, “आउँदा दिनमा पनि चेम्बरले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछ ।”

women chamber 5

ट्रेड फेयर आयोजक नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीहरूको स्तर तथा क्षमतावृद्धि गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता कार्यक्रमहरू गरिरहेको बताइन् । “महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ, सबै क्षेत्रहरूमा समान अवसर उपलब्ध गराएर विकासको आधार बनाउन सकिन्छ ।”

women chamber 4

उत्कृष्ट स्टललाई पुरस्कार

मण्डला सिल्कले प्रथम स्थान प्राप्त गरेको छ भने अग्नि नेपाल प्रालिले द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै तृतीय स्थान गोर्खा चेम्बर अफ कमर्सले प्राप्त गरेको छ । मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्ता लगायतका ९० स्टल राखिएका थिए । गत सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले मेलाको उद्घाटन गरेका थिए ।

women chamber

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय