
२६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंक, बालुवाटारमा नवनियुक्त डेपुटी गभर्नरहरू डा.नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । उनीहरूले पदबहाली समेत गरेका छन् ।
आयोजित एक समारोहमा उनीहरुलाई गभर्नर महाप्रसाद अधिकारीले सपथग्रहण गराएका हुन् । मंगलबार मन्त्रिपरिषदको निर्णय अनुसार उनीहरू डेपुटी गभर्नर पदमा नियुक्त भएका हुन् ।
सपथग्रहण समारोहमा नवनियुक्त डेपुटी गभर्नरहरूलाई बधाई ज्ञापन गर्दै गभर्नर अधिकारीले दुवै सक्षम कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरमा नियुक्त भएको बताए ।
प्रतिक्रिया