शुक्रबार , बैसाख ३, २०७८

राजश्व सङ्कलन : सात महीनामै वार्षिक लक्ष्य नजिक

राजश्व सङ्कलन : सात महीनामै वार्षिक लक्ष्य नजिक

२६ फागुन, बागलुङ । आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा रु ८० करोड ३७ लाख आठ हजार राजश्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि तोकिएको लक्ष्यको १८९.७ प्रतिशत हो । उक्त कार्यालयले माघ मसान्तसम्ममा रु २५ करोड ४३ लाख ४० हजार राजश्व उठाउने लक्ष्य लिए पनि रु ४८ करोड २३ लाख ५७ हजार सङ्कलन गर्न सफल भएको हो ।

चालू आवमा कूल रु ८६ करोड २० लाख छ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा सात महिनामै प्रगति वार्षिक लक्ष्यको नजिक पुगेको कार्यालयका प्रमुख कर अधिकृत जनक शर्माले बताए। बहाल करतर्फ रु एक करोड ११ लाख ५५ हजार सङ्कलन गर्ने लक्ष्य तोकिएकामा रु एक करोड सात लाख १९ हजार सङ्कलन भएको जनाइएको छ । यस्तै ब्याजकरतर्फ रु पाँच करोड ७६ लाख ८० हजार लक्ष्य तोकिएकामा रु सात करोड १९ लाख ४४ हजार, मूल्य अभिवृद्धि करतर्फ माघसम्ममा रु १० करोड ६९ लाख ८९ लाख सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु २२ करोड सात लाख ३९ हजार सङ्कलन भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मूल्य अभिवृद्धि करतर्फ २०६.३ प्रतिशत प्रगति भएको हो । अन्तःशुल्क करतर्फ रु एक करोड आठ लाख ७७ हजार राजश्व सङ्कलनको लक्ष्य तोकिएकामा रु एक करोड ६८ लाख ५८ हजार सङ्कलन भएको छ । लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएकाले आउँदो वर्ष लक्ष्य थपिने प्रमुख कर अधिकृत शर्माको भनाइ छ ।

“आउँदो आवमा रु एक अर्ब ५० करोडसम्मको लक्ष्य तोकिन सक्छ”, उनले भने, “सरल र छरितो माध्यमबाट कर तिर्नसक्ने सुविधा करदातालाई दिएका छौँ, छुटका सुविधा पनि छन् ।” कार्यालयले स्थायी लेखा नम्बर ‘पान’ लिएर आय विवरण पेश नगर्ने वार्षिक रु ५० लाखसम्मको कारोवार गर्नेलाई विगत चार वर्षको आय विवरणको आय कर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशत फागुन मसान्तसम्म बुझाएमा त्यसअघिका वर्षको कर, शुल्क तथा बाँकी ब्याज मिनाहा गरिने जनाएको छ ।

यस्तै विगतमा कर लाग्ने आयआर्जन गरेको तर स्थायी लेखा नम्बर नलिइ कर नबुझाएको भए विगत तीन वर्षको आय विवरण र सोमा लाग्ने कर यही फागुन मसान्तभित्र बुझाएमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अफगानिस्तानकाे सुरक्षा कारबाहीमा परी २० लडाकू मारिए अफगानिस्तानकाे सुरक्षा कारबाहीमा परी २० लडाकू मारिए ७ दिन पहिले
फेरि अर्को हाइड्रो कम्पनी आईपीओ निष्कासनको अनुमति माग्दै पुग्याे धितोपत्र बोर्ड फेरि अर्को हाइड्रो कम्पनी आईपीओ निष्कासनको अनुमति माग्दै पुग्याे धितोपत्र बोर्ड १ हप्ता पहिले
दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जना नियन्त्रणमा दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जना नियन्त्रणमा ४ हप्ता पहिले
माघमा क्युआर कोडमार्फत एक अर्ब ७१ करोड बढीको कारोवार माघमा क्युआर कोडमार्फत एक अर्ब ७१ करोड बढीको कारोवार ४ हप्ता पहिले
तपाईकाे साप्ताहिक राशीफल [ चैत्र २९ गते आइतबारदेखी बैशाख ०४ गते शनिबारसम्मको ] तपाईकाे साप्ताहिक राशीफल [ चैत्र २९ गते आइतबारदेखी बैशाख ०४ गते शनिबारसम्मको ] ५ दिन पहिले
भारतमा कोभिड तिब्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार संक्रमित भारतमा कोभिड तिब्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार संक्रमित ४ हप्ता पहिले
पाँचथरमा करेन्ट लागेर युवकको मृत्यु पाँचथरमा करेन्ट लागेर युवकको मृत्यु २ हप्ता पहिले
नेपालसहित पाँच राष्ट्रलाई आईसीसीको रिजनल अवार्ड नेपालसहित पाँच राष्ट्रलाई आईसीसीको रिजनल अवार्ड १ हप्ता पहिले