बिहिबार , बैसाख २, २०७८

होटलबाट अफिमसहित दुई भारतीय महिला पक्राउ

होटलबाट अफिमसहित दुई भारतीय महिला पक्राउ

२६ फागुन, झापा । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित एक होटलबाट आज दुई किलो लागुऔषध ‘अफिम’सहित दुई भारतीय महिला पक्राउ परेका छन् । न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा प्रहरीले भारत मणिपुर राज्यको राजधानी इम्फालकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाकी ३८ वर्षीया गायत्रीदेवी क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनीहरुले कालो, निलो रङ्गको प्लाष्टिककोे झोलाभित्र दुई वटा पोका बनाई लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध अफिम फेला पारी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो बरामदसहित पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय