सोमबार , बैसाख ६, २०७८

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेट : एञ्जल्स र ग्रेट हिमालय सेमिफाइनलमा

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेट : एञ्जल्स र ग्रेट हिमालय सेमिफाइनलमा

२६ फागुन, काठमाडौं । एञ्जल्स हार्ट एकेडेमी र ग्रेट हिमालय क्रिकेट एकेडेमी नेपाल पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा आज सम्पन्न खेलमा ग्रेट हिमालयले आर एस विद्यापीठ एकेडेमीलाई पाँच विकेटले पराजित ग¥यो ।

आरएसले १९ दशमलव पाँच ओभरमा सबै विके गुमाएर १५३ रन बनायो । आरएसका लागि विजय गौतमले ७५ तथा अमृत थापाले ४२ रन बनाउनुभयो । बलिङतर्फ ग्रेट हिमालयका लागि विज्ञान गौतमले तीन तथा मोहम्मद हुसैन र शुशान्त तिमिल्सिनाले दुईरदुई विकेट लिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

एक सय ५४ रनको विजय लक्ष्य ग्रेट हिमालयले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥र्यो । ग्रेट हिमालयका लागि हेमन्त श्रीवास्तवले ५१ तथा सङ्गीत बुढाथोकीले ४२ रन बनाए । बलिङतर्फ आरएसका लागि अनुपम पाण्डेले दुई विकेट लिए ।

अर्को खेलमा स्कुल अफ क्रिकेटले एञ्जल्सलाई आठ रनले पराजित ग¥र्यो । एञ्जल्स पराजित भए पनि रन रेट राम्रो भएका कारण सेमिफाइनलमा पुग्न सफल भएको हो । टस हारेर ब्याटिङ गरेको स्कुल अफ क्रिकेटले निर्धारित २० ओभरमा १६४ रन बनायो । उसका लागि सर्वोच्च बस्नेतले ५८ रन बनाए । बलिङतर्फ एञ्जल्सका निवस कुँवरले तीन विकेट लिए ।

एक सय ६५ रनको विजय लक्ष्य पछ्याउने क्रममा एञ्जल्सले सबै विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो । ग्रेट हिमालय समूह ‘सी’ बाट ६ अङ्कसहित सेमिफाइनलमा पुगेको हो भने एञ्जल्स समूह ‘डी’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्टार किड्स सनाया बलिउडमा डेब्यू गर्दै स्टार किड्स सनाया बलिउडमा डेब्यू गर्दै ४ हप्ता पहिले
सङ्कटमा कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर सङ्कटमा कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर ५ दिन पहिले
हेटौंडाबाट सर्वसाधारणसँग पैसा मागेको आरोपमा एकजना पक्राउ हेटौंडाबाट सर्वसाधारणसँग पैसा मागेको आरोपमा एकजना पक्राउ १ हप्ता पहिले
आहा ! मनै लोभ्याउने विदेशी पर्यटकको पहिलो रोजाइ गोसाइँकुण्ड ! आहा ! मनै लोभ्याउने विदेशी पर्यटकको पहिलो रोजाइ गोसाइँकुण्ड ! १ हप्ता पहिले
दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी : यातायात विभाग दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी : यातायात विभाग ४ हप्ता पहिले
अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन २ हप्ता पहिले
नेपाल लाइफको ‘स्टक स्प्लीट’मा बीमा समितिको रोक नेपाल लाइफको ‘स्टक स्प्लीट’मा बीमा समितिको रोक २ हप्ता पहिले
विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ ४ हप्ता पहिले