बिहिबार , बैसाख २, २०७८

विनयजंग बस्नेत ५० हजार धरौटीमा छुटे

विनयजंग बस्नेत ५० हजार धरौटीमा छुटे

२६ फागुन, काठमाडौं । बीबीसीको एक सय प्रतिभाशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई अभद्र व्यवहार तथा सामाजिक सञ्जालमा गालीगलौज गरेको मुद्दामा पक्राउ परेका विनयजंग बस्नेत धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत काठमाडौंले बस्नेतलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । २४ दिन हिरासतमा बसेका बस्नेतलाई बुधबार अदालतले यस्तो आदेश दिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अदालतले उनीसँग अभद्र व्यवहारमा १० हजार र साइबर अपराधको मुद्दामा ४० हजार रुपैयाँ धरौटी मागेको हो । सपनाले गत माघ १९ गते विनयविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् ।

त्यसपछि प्रहरीले उनलाई काठमाडौँको गोंगबुबाट फागुन ४ गते पक्राउ गरेको थियो । उनले युट्युबमार्फत सपना रोका मगरका अश्लील तस्वीर सार्वजनिक गरिदिने भन्दै धम्की दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय