शुक्रबार , बैसाख ३, २०७८

घुस लिँदै गर्दा कर अधिकृतसहित दुई जना पक्राउ

घुस लिँदै गर्दा कर अधिकृतसहित दुई जना पक्राउ

२७ फागुन, जनकपुरधाम । घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत सहित दुईजनालाई अख्तियार टोलीले पक्राउ गरेको छ । बुधबार साँझ ८ बजे अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले राजश्व कार्यालयका कर अधिकृत रमेश ढकाल र आरएन म्यानेजमेन्ट एकाउन्ट कन्सलटेन्सीका संचालक नवीन कर्णलाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।

जनकपुरस्थित अन्‍नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट अख्तियारको टोलीले तिनीहरूलाई डेढ लाख रूपैयाँसहित पक्राउ गरेको जनाइएको छ । गोप्य सुचनाको आधारमा तिनीहरूलाई घुस रकम सहित पक्राउ गरिएको कुरा अख्तियार बर्दिबासका सुचना अधिकारी मनिराम ज्ञवालीले जनाएको छ । उनले भने अन्तःशुल्क समायोजन रकम फिर्ता गराई दिन संचालक कर्णले घुस दिन खोज्दा पक्राउ परेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय