बुधबार , बैसाख ८, २०७८

इन्भेष्टमेण्ट बैंकले ल्यायो पैसा पठाउने एप, भारतबाट नेपालमा मोबाइलबाटै पैसा पठाउन सकिने

इन्भेष्टमेण्ट बैंकले ल्यायो पैसा पठाउने एप, भारतबाट नेपालमा मोबाइलबाटै पैसा पठाउन सकिने

२७ फागुन, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले पैसा पठाउ नामक एप ल्याएको छ । जस अन्तर्गत भारतबाट नेपालमा सजिलै पैसा पठाउन सकिने बैंकको भनाइ छ ।

यस एपमार्फत् भारतमा रहेका व्यक्तिले आफ्नो मोबाइलबाट सजिलै २४ घण्टा मै यो सेवामार्फत् नेपाल पैसा पठाउन सक्नेछन् । पैसा पठाउ एप सुरक्षित, तीव्र र सहज भएको बैंकको भनाइ छ । यो एपबाट भारतमा विदाको दिनमा पनि प्रयोग गरी पैसा नेपाल पठाउन सकिनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पैसा पठाउ एप डिजिटल मोबाइल पेमेन्ट प्लेटफर्म हो । जसलाई भारतको केन्द्रीय बैंकले अनुमति दिएको छ । यो भीम, यूपीआइ, गुगल पे, मोबाइल पे, पेटीएम, ह्वाट्स एप पे, भारत पे एन्ड एनइएफटीरआइएमपीएस जस्ता सेवा प्रदायक जस्तै मान्यता पाएको छ ।

भारतमा रहेका नेपालीहरुले ५० हजार भारुका दरले वर्षमा बढीमा १२ पटकसम्म पैसा नेपाल पठाउन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय