आइतबार , बैसाख ५, २०७८

इंग्ल्याण्डविरुद्ध टी-२० खेलमा सर्वाधिक रन बनाउने ३ भारतीय ब्याट्सम्यान, कसकाे कति ?

इंग्ल्याण्डविरुद्ध टी-२० खेलमा सर्वाधिक रन बनाउने ३ भारतीय ब्याट्सम्यान, कसकाे कति ?

२७ फाग्न, काठमाडौं । टी-२० मा इंग्ल्याण्डविरुद्ध सर्वाधिक रन बनाउने तीन भारतीय ब्याट्सम्यान

सुरेश रैना  लोकप्रिय ब्याट्सम्यान सुरेश रैनाले अन्तिम पटक नै इंग्ल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय टी-२० म्याच खेलेका थिए । उनी टी-२० मा इंग्ल्याण्डविरुद्ध सर्वाधिक रन बनाउने तेस्रो ब्याट्सम्यान हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

रैनाले इंग्ल्याण्डविरुद्ध १३ म्याचको ११ पारीमा ३२.३३ को औसतमा २ सय ९२ रन बनाएका थिए । उनले इंग्ल्याण्डविरुद्ध १३५.८१ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।

महेन्द्रसिंह धोनी  यो सूचीको दोस्रो स्थानमा पूर्वकप्तान तथा विकेटकीपर महेन्द्रसिंह धोनीको नाम छ । उनले टी-२० मा इंग्ल्याण्डविरुद्ध १४ म्याचको १२ पारीमा ४९.३३ को औसतमा २ सय ९६ रन बनाएका थिए ।

धोनीले इंग्ल्याण्डविरुद्ध टी-२० मा १३३.९३ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । उनले इंग्ल्याण्डविरुद्ध एक अर्धशतक बनाएका थिए ।

विराट कोहली  अन्तर्राष्ट्रिय टी-२० मा इंग्ल्याण्डविरुद्ध सर्वाधिक रन बनाउने भारतीय खेलाडीको शीर्ष स्थानमा कप्तान विराट कोहली छन् । उनले हालसम्म इंग्ल्याण्डविरुद्ध १२ पारीमा ३१.४५ को औसतमा ३ सय ४६ रन बनाएका छन् ।

टी-२० मा इंग्ल्याण्डविरुद्ध विराटले एक अर्धशतक बनाएका छन् । उनी टी-२० मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय