बिहिबार , बैसाख २, २०७८

अमेरिकामा १९ खर्ब डलरको कोरोना राहत प्याकेज पारित : बाइडेन

अमेरिकामा १९ खर्ब डलरको कोरोना राहत प्याकेज पारित : बाइडेन

२७ फागुन, काठमाडौं । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पनि राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई पारित गरेको छ।

बुधबार भएको मतदानमा राहत प्याकेजका पक्षमा २२० र विपक्षमा २११ मत परेको थियो। संसदका दुबै सदनबाट आफ्नो प्रस्ताव पारित भएपछि राष्ट्रपति बाइडेनले ट्वीटरमा लेखेका छन्- हेल्प इज हियर !

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले पारित भएको विधेयकमा शुक्रबार हस्ताक्षर गर्ने बताइएको छ। यसअघि गत शनिबार माथिल्लो सदन सिनेटबाट राहत प्याकेज पारित भएको थियो। प्याकेजका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो। जनवरी २० मा पदभार सम्हालेपछि राष्ट्रपति बाइडेनले पहिलो पटक दुबै सदनबाट आफ्नो प्रस्ताव पारित गराएका छन्।

यो राहत प्याकेजअन्तर्गत सरकारले रोजगारविहीन अमेरिकीहरूको खातामा साताको ३ सय डलरदेखि महिनाको १४ सय डलरसम्म रकम जम्मा गरिदिने छ। यसबाट कोरोनाभाइरसले शिथिल भएको अमेरिकी अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।

यसअघि गत वर्ष पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेर २० खर्ब डलरको राहत प्याकेज ल्याएका थिए। कोरोना भाइरसले अमेरिकामा अहिलेसम्म ५ लाख २० हजार बढी मानिसको मृत्यु भएको छ भने लाखौंले रोजगारी गुमाएका छन्। गत वर्ष अमेरिकाको अर्थतन्त्र ३.५ प्रतिशतले खुम्चिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय