
२७ फागुन,काठमाडौँ । चलचित्र ‘दि सेक्रेटस् अफ राधा’को छायाँकन सकिएको छ । सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुस्कर गुरुङलगायतका कलाकारको अभिनय रहेको फिल्मको छायाँकन मकवानपुरको पालुङ र काठमाडौमा भएको हो ।
निर्देशक सुवर्णले अभिनेता सौगातसँग निर्माण सहकार्य गरेको फिल्ममा नरेन्द्र मैनालीको छायाँकन, काली प्रसाद बाँस्कोटाको संगीत समेटिएको छ । अभिनेता दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा देखिने फिल्म सामाजिक विषयवस्तुमा निर्माण गरिएको हो । छायाँकन सकिए लगत्तै फिल्म पोष्ट प्रोडक्सनको काममा जुटेको छ ।
प्रतिक्रिया