आइतबार , बैसाख ५, २०७८

कांग्रेस अब नयाँ विचार र नयाँ नेतृत्वका साथ अघि बढछ : डा. चन्द्र भण्डारी

कांग्रेस अब नयाँ विचार र नयाँ नेतृत्वका साथ अघि बढछ : डा. चन्द्र भण्डारी

२७ फागुन, दमक । नेपाली कांग्रेसका युवा नेता तथा समाजवादी चिन्तक डा.चन्द्र भण्डारीले ब्यवस्था परिवर्तनले मात्र जनताको अवस्थामा परिवर्तन नहुने कुराको पुष्टि भएको बताएका छन् ।

हिजो झापाको दमकमा नेपाली कांग्रेस क्षेत्र नं. ५ द्धारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले बिगतका राजनीतिक आन्दाेलनहरु राजनीतिक परिवर्तनका लागि सार्थक भएपनि जनताको जीवनस्तर उकास्ने कार्यमा असफल भएको टिप्पणी गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सम्बोधन गर्ने क्रममा समाजवादका प्रणेता डा. भण्डारीले देश बिकासको मुख्यबाधकका रुपमा हामीले पञ्चायत र राजा हो भन्याैं, त्यसैले राजालाई संबिधान भित्र बाँध्यौं । तर त्यसपछि नेपालमा झनै ठूलो राजनीतिक बिद्रोह भयो, १७ हजार भन्दा बढी मान्छे मारिए, हजारौंको संख्यामा अंगभंग भए अनि सबै राजनीतिक दलहरु मिलेर फेरी राजनीतिक परिवर्तन गर्यौं । संविधानसभाको निर्वाचन गरेर राजा महाराजाहरुलाई संबिधानको दायराभित्र राखेर पनि हुँदैन, यसलाई निकाल्न पर्छ भनेर राजसंस्थालाई समेत बिदा गरेकाे उनले उल्लेख गरे ।

उनले भने, हिन्दू धर्मले एउटा वर्गलाई मात्र संरक्षण गर्यो भनेर देशलाई धर्मनिरपेक्ष मुलुक बनायौं । चारवटा कुरा बिकासका बाधक हुन भनेर तर यो निष्कर्षमा हामीले ३० बर्षसम्म दोश्रो विश्वयुद्धमा वीर भनेर चिनिएका वीर गोर्खालीहरुलाई हामीले ल्याएको परिवर्तित ब्यवस्थाले अरबमा बोरा बोक्ने बनायौं ।

छिमेकी मुलुक भारतको दिल्लीको उदाहरण दिदैं नेता डा. भण्डारीले भने, आज दिल्लीका जनतालाई त्यहाँको राज्य सरकारले निशुल्क बिजुली उपलब्ध गराएको छ, निशुल्क पानी उपलब्ध गराउन सक्छ, राज्यका नागरिक बिरामी हुँदा प्रशस्त खर्च गरेर निशुल्क उपचार गराउन सक्छ, त्यहाँका जनताहरुलाई नेपाल र भारतका तीर्थस्थलहरुमा निशुल्क भ्रमण गराउन सक्छ, तर नेपालमा हामी सधैं भाषणमा बिकास गर्ने, जनताका समस्या र अप्ठ्याराहरुका बिषयमा केही पनि गर्न नसक्ने अवस्थामा छौं । यो किन र कसरी भयो भनेर नेपालका राजनीतिक नेतृत्व र बिकासवादी अभियन्ताहरुले चिन्तन र बहस गर्नु पर्दैन ?

FB IMG 1615391701254

नयाँ र पुराना नेता र नेतृत्वप्रति कटाक्ष गर्दै नेता डा. भण्डारीले भने, अहिले बजारमा थुप्रै नयाँ र टेक्नोलोजीले भरिपूर्ण डाक्टरहरु बजारमा आएका छन्, नयाँ नयाँ रोगहरु र त्यसको उपचारको पद्धति र तरिका बुझेका छन् , तर समाजमा हाम्रा बिरामीहरु अहिले पनि सबैभन्दा पुराना डाक्टर खोज्दै हिडछौं ।

डा. अशोक बाँस्कोटाको उदाहरण दिदैं नेता भण्डारीले भने, अहिले पनि बिरामीहरु नयाँ डाक्टरकहाँ जार्दैन त्यही पुरानो डा. अशोक बाँस्कोटासँग जान्छन् । अहिले उहाँले अप्रेशन गर्दा उहाँको हात काँप्छ, उनको शारीरिक अशक्तताले उपचारमा थोरै गडबडी भयो भने बिरामी प्यारालाईसिस हुनसक्छ तर हाम्रा बिरामीहरु पुरानै डाक्टर सित जान्छन् ।

मेरो पार्टी भित्र पनि मैले त्यतिबेला भनेको शेरबहादुरजी हुनुहुन्थ्यो, शुशिल दाई हुनुहुन्थ्यो, म शुशिल दाई र शेरबहादुर जीको आवाज धेरै सुन्न सक्दिन, उहाँहरुले जतिसुकै राम्रा कुरा गरेपनि, जतिसुकै दृष्टिकोणका कुरा गरेपनि जतिसुकै त्यागको कुरा गरेपनि जनताले खोजेको अहिलेको परिवर्तन पाउन सक्दैनन् ।

आज प्रत्येक जिल्ला, नगर र स्थानीय स्तरको एउटै आवाज छ, यी नेताहरुबाट अब पार्टी अगाडि बढन सक्दैन । तर भोट दिने बेलामा भने पार्टीका तिनै साथीहरुले तिनै नेताहरुलाई गाली पनि गर्छन् अनि भोट पनि दिन्छन् अनि कसरी पार्टीमा परिवर्तन आउँछ ? नेतृत्वमा परिवर्तन आउँछ ? मुलुकमा परिवर्तन आउँछ ?

IMG 20210309 170209

हामीले नेपाली कांग्रेसलाई परिवर्तन गराउने हो भने म अब नयाँ विचार, नयाँ दृष्टिकोण भएको ब्यक्तिलाई पार्टी नेतृत्वमा ल्याउन अग्रसर हुनै पर्छ, पार्टी भित्र वैचारिक बिद्रोह गर्नैपर्छ ।

अबको नेपाली कांग्रेसको नेतृत्व त्याग गर्न सक्ने, परिवार भन्दा माथि उठन सक्ने, पार्टीको मात्र हैन, सिंगो मुलुकको नेता बन्न सक्ने ब्यक्तित्वको अहिले आवश्यकता छ अनि मात्रै हामी नेपालमा च्याउ जस्तै गरी उम्रिएका र झांगिएका कम्यूनिष्टहरुलाई पराजित गर्न सक्छौं । नेपाली कांग्रेसलाई जीवन्त र परिवर्तनशील कांग्रेस बनाउन सक्छौं ।

पुराना टेक्नोलोजीले अबको समयमा काम गर्न नसक्नेतर्फ ईंकित गर्दै नेता डा. चन्द्र भण्डारीले भने, अब टाईपराईटर, टी.भी., रेडियोको पछि लागेर हामी नयाँ टेक्नोलोजीसँग प्रतिस्पर्धा गर्नै सक्दैनौं ।

मेरा हातहरुले अहिले भन्दैछ्न, अब म लाईब्रेरीमा हैन,टाईपराईटरमा हैन, मेरो ट्यावाेलाइटमा टाईप गर्छु अनि पुस्तक लेख्छु, अब ती सबै कुराहरु तपाईहरुले बोक्नु भएको मोबाईलबाटै प्राप्त गर्न सकिन्छ भन्दै तर अब टाईपराईटर, रेडियो, पुस्तकालय र टेलिभिजनले मलाई अकुपाई गर्यो भनेर भन्न त मिलेन नी ?

अहिले पनि मलाई टाईपराईटर नै चाहियो, मलाई रेडियो नै चाहियो भनेर नारा लगाउँछन्, म त भन्छु ती चिजहरुलाई अब म्यूजियमममा राखौं । देश बनाउने मान्छेमा पनि नयाँ भिजन हुन पर्यो नि भन्दै डा. भण्डारीले उही पुराना कुरा, उही पुरानो दृष्टिकोण, उही पुरानो विचारले देश बन्न सक्छ ? त्यसैगरी पार्टी भित्रको पुरानो सोचलाई पनि अबको नयाँ नेतृत्वको सोचले प्रतिस्थापित गर्न सक्ने नेता बन्न सक्नुपर्यो, यसको अर्को कुनै बिकल्प नै छैन ,उनले जाेड दिएका छन् ।

कम्यूनिष्टहरुको इतिहास केलाउँदै नेता भण्डारीले भने, दुनियाँमा ईलेक्सनबाट कम्युनिष्टहरु सरकारमा आएका छैन,त्यही भारतमा जम्मा २ सिट आएको थियो, तर हाम्रो मुलुकमा चुनाव हुँदा कम्युनिष्टले दुईतिहाई ल्याउछन् भन्दा मेरो देशको नेपाली कांग्रेसको नेतृत्व गर्ने नेताहरु कहाँ पुगे ? हाम्रो पार्टीका नेताहरुको क्षमता के हो भन्ने कुरा यसैबाट छर्लङ्ग हुदैन र ?

त्यसैले हामीले पार्टीलाई सबल बनाउने कुराको महशुस गर्यौं, जनताका र पार्टीका नेता तथा कार्यकर्ताहरुको गुनासाहरु के छन् ? भनेर बुझनुपर्छ भन्ने कुराको आवश्यकताको महशुस गर्यौं र अहिले हामी जनताका घरआँगनमा आईरहेका छौं । जनताका गुनासा र समस्याका आधारमा अनि पार्टीलाई एकताबद्ध र शक्तिशाली पार्टी बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरु र जनताकै भावना र चाहना अनुरुप चल्नु पर्छ भन्ने कुरालाई आत्मसात गरेरै अहिले हामी तपाईहरुका माँझमा आएका छौ । अब हामी नेपाली कांग्रेसलाई तपाई नेता तथा कार्यकर्ताहरुले भने अनुरुप नै अगाडि बढाउन चाहान्छौं ।

प्रधानमन्त्रीको यस नगरीमा आएर मैले भन्नै पर्छ हामीले ३० बर्ष अगाडि अरुण तेश्रो जलबिद्युत आयोजनाबाट बिजुली निकाल्छौं भन्दा अरुण तेश्रो परियोजना चल्न र बत्ति निकाल्न दिएनन् । किन बत्ति निकाल्न दिएनन भने त्यसबाट धेरै उद्योगधन्धा कलकारखानाहरु खुल्छन्, लाखौं नेपालीले रोजगार पाउँछन्, अनि नेपाली कांग्रेस सधैं सत्तामा रहिरहन्छ भन्ने संकिर्ण सोचका कारण अहिले नेपालीहरु बिदेशी भूमिमा तातोघाममा बेल्चा हान्न बाध्य छन् । काठको बाकसमा घर फर्किन बाध्य छन् ।

यी बिकास बिरोधि कम्युनिष्टहरु हाम्रो धर्म संस्कृतिको धुरन्धुर बिरोध गर्छन अनि बिदेशीका सामू मुनलाई बोलाएर होलीवाईन खान नतमस्तक भएर तम्तयार हुन्छन् भन्दै नेता भण्डारीले कोरोना महामारीको चपेटामा नागरिकहरु परिरहँदा  नागरिकलाई न त सुरक्षित तरिकाले राख्न सक्यौं, न त सकुशल आफ्नाे घरमा पुर्याउन सक्यौं, न त उचित उपचारको ब्यवस्था गर्न सक्यौं भन्दै तर जिउँदो झलनाथलाई सर्प पाल्न भने ७२ करोड रुपैयाँ दिन सक्यौं । यही हो कम्युनिष्टहरुको असली चरित्र । यस्ता मान्छेहरुलाई नै अहिले पनि हामी नेता मानिरहेका छौं, भोट दिईरहेका छौं, सरकार चलाउ भनिरहेका छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय