सोमबार , बैसाख ६, २०७८

महारुद्र थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

महारुद्र थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

२७ फागुन, गण्डकी पोखरा महानगरपालिका–३३ बरपाण्डेथुमस्थित ३२५ वर्ष पुरानो महारुद्र थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल थालिएको छ । धवलागिरि, अन्नपूर्ण, माछापुच्छे«, लम्जुङलगायत हिमालका साथै पोखरा र लेखनाथका रमणीयतालसहित अन्य भूभाग एकसाथ अवलोकन गर्न सकिने यस ठाउँको प्रवद्र्धन र विकासका लागि पहल थालिएको हो ।

धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्दै यसलाई पर्यटकीय नगरी पोखराको अर्को महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न ऋषेश्वर भुवाइ (ऋतु)को अध्यक्षतामा महारुद्र पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा राधिका आचार्य, सचिवमा मनु कार्की, सहसचिवमा दीपेन्द्र आचार्य र कोषध्यक्षमा केशवराज आचार्य रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

समितिको सदस्यमा भोजराज शर्मा पौडेल, जगतराज आचार्य, गोविन्दराज लम्साल, गोपाल गुरुङ, कृष्णप्रसाद आचार्य, मीना भण्डारी आचार्य र लीला नेपाली रहेको छ । समितिले समाजका २५ उच्च प्रतिष्ठित व्यक्तिलाई सल्लाहकारका रूपमा चयन गरेको छ । महारुद्र थानको विशिष्ट ऐतिहासिक महत्व रहेको बताउँदै अध्यक्ष भुवाइले विभिन्न अध्ययन तथा अनुसन्धानबाट ३२५ वर्षअघि जुम्लाबाट आएका एक व्यक्तिले महारुद्रको शिलालाई झोलामा बोकेर ल्याई यहाँ स्थापना गरेको पाइएको जानकारी दिए ।

बरपाण्डेथुम र आसपासका सर्वसाधारणले आराध्यदेवका रूपमा परापूर्वकालदेखि पूजाआजा गर्दै आइएको महारुद्र थानमा आगामी दिनमा शिव महापुराण लगाउँदै विशाल महारुद्रको मूर्तिसहितका संरचना निर्माण गर्ने दीर्घकालीन लक्ष्य लिइएको उनले बताए । लामो समयसम्म सामान्यरूपमा शिला पूजा गर्दै आइएकामा विसं २०२५ मा सानो ढुङ्गाले छाएको मन्दिर स्थापना गरिएको र विसं २०५४ मा हालको मन्दिर निर्माण गरिएको जनाइएको छ । पर्यटकीय विकासलाई लक्ष्य गरी गुरुयोजना तयार गर्न लागिएको र मन्दिरलाई शिव पाञ्चायन मन्दिरका रूपमा प्यागोडा शैलीमा निर्माण गर्ने, भ्यूटावर बनाउनेलगायत सोच रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

उपत्यकामा बिहीबार राति भीषण हावाहरी, बिजुली चम्कियाे परेन पानी उपत्यकामा बिहीबार राति भीषण हावाहरी, बिजुली चम्कियाे परेन पानी ३ दिन पहिले
मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त २ हप्ता पहिले
ओलीलाई बैठक रोक्न बोहोराको ध्यानाकर्षण पत्र ! ओलीलाई बैठक रोक्न बोहोराको ध्यानाकर्षण पत्र ! १९ घण्टा पहिले
एमालेमा रडाको : नेपाललाई एक्ल्याउने ओली नीति एमालेमा रडाको : नेपाललाई एक्ल्याउने ओली नीति ४ हप्ता पहिले
ओलीलाई नेपालको जवाफ, प्रचण्ड पार्टी एकता किन गरेको जबजलाई छाड्ने कागजमा किन हस्ताक्षर गरेको ? ओलीलाई नेपालको जवाफ, प्रचण्ड पार्टी एकता किन गरेको जबजलाई छाड्ने कागजमा किन हस्ताक्षर गरेको ? ४ हप्ता पहिले
प्रिमियर इन्स्योरेन्स कम्पनी नेपालको सभाले पारित गर्यो लाभांश प्रिमियर इन्स्योरेन्स कम्पनी नेपालको सभाले पारित गर्यो लाभांश २ हप्ता पहिले
तपाईको आजको राशिफल कस्तो छ ? तपाईको आजको राशिफल कस्तो छ ? २ हप्ता पहिले
सिभिल बैंकको ६४ लाख कित्ता बोनस शेयर सूचीकृत सिभिल बैंकको ६४ लाख कित्ता बोनस शेयर सूचीकृत ७ दिन पहिले