आज पनि बालकुमारीमा जसपा शीर्ष नेताको बैठक
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १९:४२:५०
२७ फागुन, काठमाडौं । सरकारमा जाने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी ‘जसपा’को सचिवालय बैठक बसेको छ । पार्टी कार्यालय बालकुमारीमा बसिरहेको बैठकले सरकारमा जाने विषयमा छलफल गर्नेछ । जसपाभित्रै यसअघि बुधबार बसेको पदाधिकारी बैठक कुनै निर्णय गर्न सकेको थिएन ।
सर्वाेच्च अदालतले एकीकरणपछि नेकपा बनेका नेकपा एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा पुर्याइदिएपछि प्रतिनिधिसभामा अंकगणितको खेल सुरु भएको छ । त्यसको लागि जसपा अहिले निर्णायक देखिएको छ । आजको बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतो सहभागी रहेको बताइएको छ ।
जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले सरकारी पक्षसँग एकलौटी छलफल गरेको भनेर पार्टीभित्र आलोचना पनि भइरहेको छ । मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले पार्टीको मुद्दा सम्बोधन गर्नेसँग सहकार्य गर्ने निर्णय गरेको थियो । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग जसपाका शीर्ष नेताहरुले भेट गरेका थिए । ठाकुरको टोलीले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेको छ ।
आजको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारे साझा धारणा बनाउने पनि बताइएको छ । जसपाले रेशम चौधरीमाथिको मुद्दा खारेज गरेर रिहाइ गर्नुपर्ने, संविधान संसोधन गर्नुपर्ने, तत्कालिन मधेश आन्दोलनमा होमिएकाहरुमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने मागलाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार