अब मेक्सिकोमा गाँजाको प्रयोगलाई अपराध मानिने छैन !
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १९:५२:१७
२७ फागुन, एजेन्सी । ल्याटिन अमेरिकी मुलुक मेक्सिकोको तल्लो सदनले गाँजाको प्रयोगसम्बन्धी एउटा ऐतिहासिक विधेयक पारित गरेको छ। हाउस अफ कंग्रेसले बुधबार पारित गरेको विधेयकअनुसार अब मेक्सिकोमा गाँजाको प्रयोगलाई अपराध मानिने छैन। उक्त विधेयकले मनोरञ्जनसँगै मेडिकल तथा वैज्ञानिक प्रयोगमा गाँजालाई खुला गरेपछि मेक्सिको गाँजाको विश्वकै ठूलो बजार बन्ने भएको छ।
राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओर्बाडोरको प्रशासनले ल्याएको उक्त विधेयकलाई तल्लो सदनका सांसदहरूले ३१६ मतसहित पारित गरेका हुन्। उक्त विधेयक पारित गर्न हुन्न भन्ने पक्षमा १२७ सांसद थिए। अब माथिल्लो सदन सिनेटले पनि विधेयक पारित गरे यसले कानुनको रूप लिनेछ र लागू हुने छ। सिनेटमा पनि सत्तारूढ पार्टीको बहुमत भएकाले विधेयक सहजै पारित हुने विश्वास गरिएको छ।
उक्त विधेयकले गाँजाका पाँच प्रकारका लाइसेन्स दिने व्यवस्था गरेको छस् गाँजाको खेती, त्यसबाट गाँजा बनाउने, बेच्ने, अनुसन्धान गर्ने र आयात-निर्यात गर्ने। १८ वर्ष माथिका मानिसरूले मात्र गाँजाको प्रयोगसम्बन्धी यस्तो लाइसेन्स पाउनेछन्। राष्ट्रपति ओर्बाडोरले गाँजालगायत अन्य नशालु पदार्थलाई कानुनी बनाएपछि शक्तिशाली ड्रग कार्टेल्ससँग लड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
सन् २०१३ मा अर्को दक्षिण अमेरिकी मुलुक उरूग्वेले गाँजाको उत्पादन र वितरणलाई कानुनी हैसियत दिएको थियो। यो क्षेत्रका अन्य मुलुकहरू अर्जेन्टिना, चिली, कोलम्बिया र पेरूले गाँजाको मेडिकल प्रयोगका लागि अनुमति दिएका छन्। सन् २०१८मा क्यानडाले पनि गाँजाको प्रयोगलाई अनुमति दिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार