बुधबार , बैसाख ८, २०७८

कुमारी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति दिर्दैछ ब्याज ?

कुमारी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति दिर्दैछ ब्याज ?

२७ फागुन, काठमाडौं । कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको उक्त विवरणका अनुसार बचतको ब्याज दर यथावत राखेको छ । बैंकले साधारण निक्षेप अर्थात बचतमा न्यूनतम २ देखि ४ प्रतिशत ब्याज दिइरहेको छ ।

त्यस्तै बैंकले मुद्दती निक्षेपको ब्याजदर वृद्धि गरेको छ। चैत १ गतेदेखि लागू हुने गरी बैंकले मुद्दतीको ब्याजदर बढाएको हो। बैंकले तीन महिनादेखि एक वर्षसम्म अवधिको मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । अहिले बैंकले मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याज दिइरहेकोमा छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सोही ब्याजदरलाई आधा प्रतिशत बिन्दुले बढाएको हो। ६ प्रतिशतको ब्याजलाई बैंकले साढे ६ प्रतिशत पुर्‍याएको हो। यो व्यक्तिगत मुद्दतीकर्तालाई दिने ब्याज हो। संस्थागत निक्षेपकर्ताको ब्याज भने राम्रै बढाएको छ। यसअघि ३ महिनादेखि ६ महिनासम्मको ब्याज ४.७५ प्रतिशत, ६ महिनादेखि एक वर्षसम्म ५.२५ प्रतिशत, पाँच वर्षसम्मकोमा ६.७५ प्रतिशतसम्म ब्याज थियो।

अब बैंकले तीन महिनाभन्दा माथिका सम्पूर्ण संस्थागत मुद्दती निक्षेपको ब्याज ७ प्रतिशत पुर्‍याएको छ। त्यस्तै, कर्जाको ब्याजदर भने परिर्वतन गरिएको छैन् ।

kumari bank

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय