
२७ फागुन, एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको मूर्ति अहिले सयौं डलर विक्री भैइरहेको छ । ह्वाइटहाउस छोडेको दुई महिना हुन थाल्यो तर चिनियाँ नागरिकमा भने उनको क्रेज अझै सकिएको छैन। राष्ट्रपति हुँदा ट्रम्पले चीनसँग व्यापार युद्ध छेडेका थिए जुन अहिले पनि जारी छ। चिनियाँहरू तिनै ट्रम्पको मूर्ति अहिले सयौं डलर तिरेर किनिरेहका छन्।
साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार भगवान बुद्ध बसेको जसरी बसेको ट्रम्पको मूर्तिको अहिले चिनियाँ अनलाइन बजारमा चर्चा चुलिएको छ। ताओवाओ भन्ने अनलाइन सपिङ प्लेटफर्ममा यस्ता मूर्तिहरू बिक्रीका लागि राखिएका छन्। ट्रम्पका मूर्तिको डिस्क्रिप्सनमा लेखिएको हुन्छ( मेक योर कम्पनी ग्रेट अगेन अर्थात् तपाईंको कम्पनीलाई फेरि महान बनाउनुस्।
सियामेनमा रहेको एक फर्निचर बनाउने कम्पनीले ट्रम्पको मूर्ति बिक्रीमा राखेको हो। सेरामिक्सबाट बनेको उक्त मूर्तिमा ट्रम्प शान्त मुद्रामा दुबै हात काखमा राखेर बसेका छन्। मूर्तिको बिक्री डिस्क्रिप्सनमा ‘ट्रम्प, जसले बुद्धिज्मलाई अरूले भन्दा राम्ररी जानेका छन्’ पनि लेखिएको छ।ट्रम्पसँग सम्बन्धित सामानहरू बेच्ने चिनियाँ अनलाइन कम्पनीहरूका लागि यो नयाँ सामान हो। यसअघ ट्रम्पको ट्वाइलेट ब्रसले बिक्रीमा रेकर्ड राखेको थियो।
ट्रम्पका मूर्ति दुई प्रकारका छन्। पाँच फिटको मूर्तिलाई १५३ डलर पर्छ भने १४ फिट अग्लो मूर्तिलाई ६१३ डलर तिर्नुपर्छ। बेइजिङमा निर्माण कम्पनी चलाउने ली गुवाछिङले पनि सानो आकारको ट्रम्पको मूर्ति मगाएका छन्। सांघाईका एक जना अर्का खरिदकर्ताले ट्रम्पबाट शिक्षा लिन उनको मूर्ति राखेको बताए।
प्रतिक्रिया