सन्दिप और पिंकी फरारको दोस्रो ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार २०:४६:२५
२७ फागुन, एजेन्सी । भारत-नेपाल सीमानामा छायांकन भएको फिल्म ‘सन्दिप और पिंकी फरार’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। अर्जुन कपूर र परिणिती चोपडाको मुख्य भूमिका भएको यो फिल्म ‘ओय लकी लकी ओयु, ‘खोसलाका घोसलाु, ‘संघाई’ जस्ता चर्चित फिल्मका निर्देशक दिवाकर बेनर्जीले निर्देशन गरेका हुन्।
सार्वजनिक ट्रेलरमा नेपालका केही दृश्यहरु पनि देख्न सकिन्छ। नेपाल–भारत सीमानामा पर्ने बैतडी झुलाघाट नाका क्षेत्रमा छायांकन गर्न ‘सन्दिप और पिंकी फरार’ दुई वर्षअघि फिल्म समूह नेपाल आएको थियो।
फिल्म छायांकन भएको क्षेत्र बैतडी जिल्लाको महाकाली नदी किनारमा पर्ने भारतको उतराखण्ड राज्यसँग व्यापार गर्ने मुख्य नाका हो। महाकाली नदीले भारतको सिमाना छुट्याएको र नदीको पारिपट्टी भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला पर्छ।
फिल्ममा सिमाना क्षेत्रमा हुने अवैध आप्रवास र तस्करीको विषय समेटिएको छ। यशराज फिल्म्सको ब्यानरमा बनेको फिल्म यही १९ मार्चमा सार्वजनिक हुँदैछ। फिल्ममा जयदीप अहलावत र नीना गुप्ताको पनि मुख्य भूमिकामा छ। यसअघि अर्जुन र परिणितीले ‘इशकजादे’ र ‘नमस्ते इंगल्याण्ड’मा सँगै अभिनय गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
बैशाख १२, २०८१ बुधबार
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार