सोमबार , बैसाख ६, २०७८

म्युजिक भिडियो ‘खुशी’ सार्वजनिक (भिडियो)

म्युजिक भिडियो ‘खुशी’ सार्वजनिक (भिडियो)

२६ फागुन, काठमाडौं । गायक प्रताप दासको स्वर, राज केसीको शब्द र जीवन रसाइलीको संगीतमा रहेको ‘खुशी’ बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। अष्ट्रेलियाको मेलबर्न सहरमा रहर आफ्नो कलाकारिता यात्रालाई अघि बढाइरहेका गीतकार तथा मोडेल राज केसीको साथमा अस्ट्रलियन मोडेल एबि म्युजिक भिडियोमा फिचर्ड छन्। म्युजिक भिडियोमा केसी र एबि बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अष्ट्रेलियामा नै छायांकन भएको यस भिडियोलाई जीवन रसाइलीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। ग्लोबल टचको प्रस्तुति रहेको भिडियोलाई आइभिएम फिल्म्सको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय