सोमबार , बैसाख ६, २०७८

प्रचण्ड क्रान्ति गर्ने मनस्थितिमा

प्रचण्ड क्रान्ति गर्ने मनस्थितिमा

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू फेरि एकपटक क्रान्ति गर्ने मनस्थितिमा पुगेका छन् । बिहीबार माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा उनले उमेर ढल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताएका हुन् ।

उनले अब २ र ४ वर्ष काठमाडौं भन्दा बाहिर पार्टी अभियानमा बढी समय बिताउने योजना रहेको पनि बताए । नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै प्रचण्डले त्यसलाई सुधार गर्ने बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने आफूले संकल्प गरेको बताए । प्रचण्डले आफू फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको पनि बताए । आन्दोलनका उपलब्धीमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले त्यसलाई परास्त गर्न लडाईं लड्ने बताएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय