बिहिबार , बैसाख २, २०७८

के तपाईलाई थाहा छ, पानी कति र कसरी पिउने ?

के तपाईलाई थाहा छ, पानी कति र कसरी पिउने ?

२७ फागुन, काठमाडौं । शरीरलाई खानाजस्तै पानी पनि आवश्यक छ । शरीरलाई स्वस्थ राख्न पानी पिउने समय र तरिकाबारे थाहा पाउनु जरुरी छ । शरीरमा आवश्यक पानी भएन भने विभिन्न रोगको जोखिम बढ्न सक्छ । हामीले खाएको पोषक तत्व रगतमा पुर्याउन र शरीरको विजातिय तत्व बाहिर निकाल्न पानीको भुमिका रहन्छ । शरीरको ७६ प्रतिशत भाग पानीले बनेको हुन्छ ।

पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपनजस्ता गुणहरू हुन्छन् । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असर देखा पर्न सक्छन् । पानी कति र कसरी पिउने ? सधैं प्रयोगमा ल्याइरहने कुरा भए पनि यो जटिल विषय हो । तर यसविषयमा विषेशज्ञहरूबीच नै एक मत छैन । वास्तवमा हाम्रो शरीरमा कति पानी चाहिन्छ भन्ने कुरा हाम्री बस्ने क्षेत्र, मौसम र शारीरिक बनोटको आधारमा पनि फरक हुने गर्छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पानी किन पिउने ?

यदि तपाईंलाई अझै पनि अन्यौल छ कि हामीले पानी किन पिउनुपर्छ भनेर भने हामी यसका केही उदाहरणहरु यहाँ दिन खोजिरहेका छौं ।

शारीरिक क्रियाको लागि जरुरी छ पानी

शरीरको हरेक कोशिकाको लागि महत्वपूर्ण तत्व हो पानी । जो पोषक तत्वलाई शरीरको विभिन्न ठाउँमा सञ्चार गर्ने एवं त्यसको अवशोषण गर्ने कामको लागि महत्वपूर्ण छ । यसले सास लिने वा मल त्याग गर्ने जस्ता शरीरको विभिन्न क्रियालाई नियमित गर्न मद्धत गर्ने गर्छ । पाचन एवं मस्तिष्क क्रियाको लागि पनि यो महत्वपूर्ण हुन्छ ।

water12

शरीरमा ऊर्जाको स्तर बढाउँछ पानीले

पानीले शरीरमा ऊर्जाको स्तर बढाउन मद्धत गर्न गर्छ । दैनिक २ लिटर पानी पिउँदा ऊर्जाको स्तर ४०० जुल्ससम्म बढ्ने गर्छ । पानी त्यतिबेला धेरै पिउनु जरुरी हुन्छ, जतिबेला तपाईंहरु नियमित वर्क आउटमा निस्कनुहुन्छ । यसका अलावा पानीले थकाइलाई दूर गराउन समेत मद्धत गर्ने गर्छ ।

दिमागको कार्य र मुडलाई ठीक राख्न

विभिन्न अध्ययनले यो देखाएको छ कि शरीरमा पानीको कमी हुनुको सम्बन्ध ज्ञान र अनुभूतिसँग समेत रहेको छ । साथमा पानी पिउनुले मान्छेलाई कुनै पनि ध्यानमा फोकस गर्न मद्धत गर्ने गर्छ । जसले व्यक्तिको शैक्षिक एवं अन्य कार्यमा समेत सफलता प्राप्त गर्न सजिलो बनाएको हुन्छ । यसका अलावा कैयौं अध्ययनले यो पनि पुष्टि गरेको छ कि यदि व्यक्ति पर्याप्त रुपले पानी पिउँछ भने उसको मुड त्यो दिनभरि ठीक हुने गर्छ ।

पाचन प्रणालीको सुधारको लागि पानी

पानीले पाचन प्रणालीको प्रक्रियासँग जोडिएको एन्जाइमको संश्लेषित गर्न समेत मद्धत गर्ने गर्छ । पानी मान्छेको पाचन प्रणालीलाई सामान्य बनाउनको लागि सहयोगी हुन्छ । कब्जियत जस्ता समस्याको घरेलु उपचारको रुपमा पनि पानीलाई लिन सकिन्छ ।

khob paani e1615455910430

शरीरभित्रको शुद्धीको लागि पानी

पानीमा रहेको अपशिष्ट पदार्थलाई शरीरबाहिर निस्कासित गर्नको लागि पनि पानीको सहयोग चाहिन्छ । यसले मललाई बाहिर पठाएर शरीरभित्रको शुद्धीमा सहयोग पु¥याउँछ ।

छालाको लागि उपयुक्त हुन्छ पानी

पर्याप्त मात्रामा पानी पिउनुले छालामा हाइड्रेसन बढाउन सहयोग गर्छ । साथमा यसले छालाको फिजियोलोजी समेत बढी गराउन मद्धत गर्छ । जसका कारण छाला कोमल एवं मुलायम बन्छ ।

दिनमा कति पानी पिउने ?

केही सिद्धान्तका अनुसार हामीलाई हरेक दिन कमसेकम आठ गिलास पानी पिउनुपर्छ भन्ने मानिन्छ । जसले गर्दा तपाईंको शरीर विषरहित, छाला पोषित हुने र हाइड्रेटेड गर्न समेत मद्धत गर्ने गर्छ । तर आयुर्वेदले यसलाई स्वीकार्दैन ।

आयुर्वेदका अनुसार पानी एक अनिवार्य तत्व हो । तर अत्यधिक पानीको सेवाले तपाईंलाई भोको महसुस नगराउला तर अपच हुने सम्भावना भने धेरै हुन्छ । चरक संहिता, सुश्रुत संहिता जस्ता शास्त्रहरुले यसबारेमा उल्लेख गरेका छन् । उनीहरुले शरीरमा जतिबेला प्यास बढ्छ त्यतिबेला पानी पिउन सकिने र त्यो नै पर्याप्त हुने बताउँछन् ।

धेरै पानी पिउनुले कफ र बात रोगको समस्या बढ्न सक्ने सम्भावना पनि रहन्छ, जसले शरीरमा पाचन शक्तिलाई प्रभावित गराउने गर्छ । त्यसैले पानीमा तृप्त भएपछि जबरजस्ती पानी पिइरहनु हुँदैन ।

pani 1

पानी पिउने सही समय

सामान्यतया भोजनको समयमा पानी नपिउन धेरैले सुझाव दिन्छन् । या त खानाभन्दा पहिले या त खानाको ४५ मिनेटपछि पानी पिउन सामान्यतया सुझाव दिइन्छ । तर आयुर्वेद शास्त्रका अनुसार प्यास एक प्राकृतिक आवश्यकता भएकोले यति समय भन्दा पनि जतिबेला तिर्खा लाग्छ त्यतिबेला पानी पिउनु कुनै समस्याको विषय होइन ।

पानी पिउने सही तरिका

–जसरी हामी बसेर खाना खानै गर्छौं, त्यसरी नै हामी बसेर पानी पिउन सक्छौं । सकेसम्म दिनभरि पानीको घुड्की लिइरहन सकिन्छ । एकैपटक धेरै पानी पिउँदा शरीरमा पर्याप्त पानी अवशोषित नहुन सक्छ ।

– पानीको तापमानको कुरा गर्दा मनतातो पानी खानु उपयुक्त हुन्छ । या त कोठाको तापक्रम जति पानी पिउन सकिन्छ । तर धेरै चिसो र बर्फयुक्त पानी पिउनु हुँदैन । चिसो पानी पिउँदा शरीरको सबै भागमा रगत नपुग्न सक्छ ।

–भोजन गर्ने बेलामा र भोजन लगत्तै पर्याप्त पानी नपिउनुहोस् । तर भोजनको बीचमा पानी पिउन सकिन्छ ।

– यो बिर्सनु हुन्न कि तपाईंको शरीर ५० प्रतिशत भोजनबाट, २५ प्रतिशत पानीबाट र २५ प्रतिशत पाचक रसको साथमा भरिएको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बागलुङका ३० सामुदायिक वनमा आगलागी बागलुङका ३० सामुदायिक वनमा आगलागी ६ घण्टा पहिले
आठौँ पटक जिब्रो छेडाए बुद्धकृष्ण श्रेष्ठले आठौँ पटक जिब्रो छेडाए बुद्धकृष्ण श्रेष्ठले ४ घण्टा पहिले
नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, ९ दशमलव ९९ प्रतिशतमै घरकर्जा पाइने ? नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, ९ दशमलव ९९ प्रतिशतमै घरकर्जा पाइने ? १२ घण्टा पहिले
विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न ओलीको आग्रह विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न ओलीको आग्रह १४ घण्टा पहिले
कोरोना कहरको मारमा अभिभावक कोरोना कहरको मारमा अभिभावक ३ घण्टा पहिले
कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा ८ घण्टा पहिले
यसकारण प्रचण्डको पछि लाग्नु कांग्रेसका लागि आत्मघाती यसकारण प्रचण्डको पछि लाग्नु कांग्रेसका लागि आत्मघाती १ घण्टा पहिले
सुदूरमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सुदूरमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान ४ घण्टा पहिले
पशुपतिको विशेष पूजामा भक्तजनको आकर्षण पशुपतिको विशेष पूजामा भक्तजनको आकर्षण ४ हप्ता पहिले
राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालय आजबाट शुभारम्भ राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालय आजबाट शुभारम्भ ९ घण्टा पहिले
लक्ष्मी बैंकले ‘विश्व वित्तीय सप्ताह २०२१’ मनायो, सातै प्रदेशमा विद्यार्थीलाई वित्तीय साक्षरता क्लास लक्ष्मी बैंकले ‘विश्व वित्तीय सप्ताह २०२१’ मनायो, सातै प्रदेशमा विद्यार्थीलाई वित्तीय साक्षरता क्लास २ हप्ता पहिले
जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध अरु दुई वर्ष थप जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध अरु दुई वर्ष थप १ हप्ता पहिले
किसान लघुवित्तकाे शेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण किसान लघुवित्तकाे शेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण ३ हप्ता पहिले
फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार संक्रमित फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार संक्रमित ३ हप्ता पहिले
दक्षिणकाली मन्दिर परिसरमा सनराइज बैंकको क्यूआर कोड संचालन दक्षिणकाली मन्दिर परिसरमा सनराइज बैंकको क्यूआर कोड संचालन ३ हप्ता पहिले
डढेलो निभाउन गएका वृद्धको जलेर मृत्यु डढेलो निभाउन गएका वृद्धको जलेर मृत्यु ३ हप्ता पहिले