बिहिबार , बैसाख २, २०७८

फेसबुकले राजनीतिक विज्ञापनलाई फुकुवा गर्ने

फेसबुकले राजनीतिक विज्ञापनलाई फुकुवा गर्ने

२७ फागुन, एजेन्सी । गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावदेखि राजनीतिक विज्ञापन प्रकाशनमा लगाउँदै आएको प्रतिबन्धलाई फेसबुकले फुकुवा गर्ने भएको छ । आगामी बिहिबारदेखि आफ्नो प्लाटफर्ममा राजनीतिक विज्ञापनलाई खुल्ला गर्ने निर्णय फेसबुकले गरेको हो ।

यो निर्णयसँगै अब फेसबुकमा राजनीतिक अभियानकर्मी तथा राजनीतिक विषयका विज्ञापनकर्ताका लागि विज्ञापन प्रकाशन गर्ने मार्ग प्रसस्त हुनेछ । राजनीतिक विज्ञापनका सन्दर्भमा प्राप्त भएका प्रसस्तै पृष्ठपोषणका आधारमा यस्तो निर्णय गरिएको फेसबुकको भनाई छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

राजनीतिक विज्ञापनका सन्दर्भमा कम्पनीको विद्यमान नीतिमा पनि पुनरावलोकन हुनसक्ने फेसबुकको भनाई छ । स्मरण रहोस् गुगलले गत हप्ता नै राजनीतिक विज्ञापन माथिको बन्देज हटाइसकेको छ ।

अमेरिकामा दक्षिणपन्थी उग्रवादीहरुले बिहिबार अमेरिकी संसदलाई लक्षित गर्दै हिंसात्मक गतिविधिको तयारी गरिरहेको भन्ने चर्चाका बीच फेसबुकले राजनीतिक विज्ञापनलाई फुकुवा गर्ने विषयलाई निकै गम्भीर रुपमा हेरिएको छ । गत जनवरी ६ मा अमेरिकी संसदमा भएको हिंसामा सामाजिक संजालले समेत नकारात्मक भूमिका खेलेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय