दाङमा ऐतिहासिक ‘भोटे मेला’ शुरु
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार २१:४:५७
२७ फागुन, तुलसीपुर । यहाँको ऐतिहासिक ‘भोटे मेला(शिवरात्रि)’ आजदेखि शुरु भएको छ । जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ । पछिल्लो समय विसं २०६१ देखि बन्द रहेको यो मेला गत वर्षदेखि दाङबासीले नै चासोका साथ पुनः सञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन शुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले बताए।
उहाँका अनुसार मेला चैत २ गतेसम्म सञ्चालन हुनेछ । उक्त मेलाको लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले मेला ऐतिहासिक भएकाले यसलाई संरक्षण गर्नुपर्ने बताए। उनका अनुसार यस मेलाको विशेषता नै घोडा दौड हो, यस प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउनुपर्छ । मेलालाई परिस्कृत गरेर थप व्यवस्थित गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले उपमहानगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीयस्थलको संरक्षण गरिएको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। यस मेलालाई ऐतिहासिक झल्किने गरी मेलालाई निरन्तरता दिने बताए । तुलसीपुर उपमहानगरपालिका–७ स्थित पर्सेनीमा उक्त मेला लाग्ने गरेको छ ।
वडाध्यक्ष टोपबहादुर केसीका अनुसार पहिले सार्वजनिक जग्गामा मेला लगाइने गरिएको भए पनि त्यो जग्गा अतिक्रमणमा परेकाले खोलामा मेला लगाउनुपर्ने बाध्यता छ । उनले नजिकै शवदाहस्थल तथा विद्यालय जाने बाटोसमेत भएकाले अन्य स्थानमा सार्नुपर्ने अवस्था रहेको बताउनुभयो । सार्वजनिक जग्गामा संरचनासमेत बनेकाले अन्य स्थानमा मेलाका लागि ठाउँ खोजी भइरहेको उनले बताए। मेलामा घोडा दौड प्रतियोगितासमेत गराइएको थियो । छ दिनसम्म चल्ने मेलामा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछन् । मेलामा १३० स्टल राख्नुका साथै बालउद्यान, मौतकी कुवा, पिङलगायत मनोरञ्जनका सामग्रीसमेत राखिएको छ । साथै स्थानीय उत्पादन प्रवद्र्धन, स्थानीय लोक संस्कृति संरक्षण, देउडा नाचलगायत प्रस्तुत गरिनेछ । तुलसीपुर उपमहानगरपालिका–७ कार्यालयको संरक्षकत्वमा तुलसीपुर एक्सप्रेस प्रालिले मेलाको आयोजना गरेको हो भने सहआयोजकमा रानीघाट युवा क्लब रहेको छ ।
मेलाको इतिहास
धेरै वर्ष पहिलादेखि भोटेहरू हिमालबाट घोडा चढेर फागुनमा दाङ आइपुग्थे । उनीहरूले ल्याएका जडीबुटी, यार्सागुम्बा, कम्बल, राडीलगायत स्थानीय उत्पादन बिक्री गर्ने गर्थे । उनीहरू रात परेपछि तुलसीपुर उपमहानगरपालिका–७ स्थित पर्सेनीमा बस बस्थे । त्यही बास बसेको ठाउँ उनीहरूले आफ्ना संस्कृति झल्किने नाचगान प्रस्तुत गर्थे । जुन दिन शिवरात्रि पथ्र्यो । त्यही दिन घोडा दौड प्रतियोगितासमेत राखे । त्यही घोडा दौड प्रतियोगिता हेर्न धेरै मान्छे जम्मा हुन्थे । त्यसपछि त्यो ठूलो मेलाका रुपमा परिणत भयो ।
त्यसपछि प्रत्येक शिवरात्रिका दिन मेला लाग्ने गथ्र्यो । भोटेहरूले हिमालबाट ल्याएका सामग्रीसमेत बिक्री हुने गरेको तुलसीपुर–७ निवासी ८७ वर्षीय दोर्णबहादुर केसीले बताए । सशस्त्र द्वन्द्वका कारण विसं २०५४ देखि भोटेहरू दाङ आउन छाडे । तत्कालीन माओवादी र सरकारबीच चर्किएको द्वन्द्वका कारण भोटेहरू आउन छाडे पनि स्थानीयवासीले मेला लगाए । मेलामा स्थानीय संस्कृति झल्किने नाचगान गरिन्थ्यो । जिल्लाका विभिन्न ठाउँका मानिस स्थानीय उत्पादन बिक्री गर्न मेलामा आउँथे तर तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ७६ वर्षीय खुमानन्द अधिकारीका अनुसार विसं २०६१ देखि मेला पूर्णरूपमा बन्द भयो ।
स्थानीय युवाबीच मेला लगाउने विषयले उग्ररुप लिएर झडपसमेत भएको थियो । तत्कालीन हलवार गाविसले मेला लगाउन प्रतिबन्ध गरेपछि १५ वर्षसम्म मेला लाग्न सकेको थिएन । गएको वर्षदेखि पुनः मेला लाग्न शुरु भएको छ । भोटेहरूले लगाउँदै आएको मेलामा पछिल्लो समय दङ्गालीहरूको पनि चासो बढेको देखिन्छ । कला संस्कृतिको संरक्षण तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले मेलालाई निरन्तरता दिन लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार