सोमबार , बैसाख ६, २०७८

एलनकी प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँमा बिक्री

एलनकी प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँमा बिक्री

२७ फागुन, एजेन्सी ।  एलन मस्ककी प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति २० मिनेटमै करोडौँमा बिक्री भएकाे छ । टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक विश्वका दोश्रो सर्वाधिक धनी व्यक्ति हुन् । १ खर्ब ५७ अर्ब डलरका मालिक मस्कलाई धनले यति माया गर्दो रहेछ कि प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँ रुपैयाँमा बिक्री भएको छ ।

मस्ककी प्रेमिका सिंगर ग्रिम्सले हालै आफ्नो डिजिटल कला संग्रहको लिलामी गरेकी हुन् । अनलाइनमा भएको उक्त लिलामीमा उनका डिजिटल कलाकृति झण्डै ६८ करोड रुपैयाँ बराबरको मूल्यमा २० मिनेटमै बिक्री भए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आफ्नो डिटिजल आर्ट कलेक्सनलाई ग्रिम्सले वारनिम्फ नामाकरण गरेकी थिइन् । त्यसमध्ये एउटा चित्रमा परी बच्चाले कसरी मंगल ग्रहको रक्षा गरिरहेको छ रु भन्ने देखाइएको छ । सबै कलाकृतिहरु नन फंगिबल टोकन्सको रुपमा बेचिएको हो । ग्रिम्स आफैले ट्वीटर मार्फत् जानकारी गराउँदै आफ्ना १० वटा कलाकृतिहरु ५८ लाख डलरमा बिक्री भएको खुलासा गरेकी छिन् ।

त्यसमध्ये परी बच्चाले मंगल ग्रहको रक्षा गरिरहेको छ तस्वीर आकर्षणको केन्द्र बन्यो र १० मिनेटमै ३ लाख डलरमा बिक्री भयो । न्यु बर्न टू शीर्षकको चित्र २५ लाख डलरमा बिक्यो ।

गायिका समेत रहेकी ग्रिम्सले आफ्नो क्रिप्टो डिजिटल कलाकृतिहरु ४८ घण्टाभित्रमा बिक्री हुने अपेक्षासहित लिलामीमा राखेकी थिइन् ।लिलामीबाट उठेको रकमको केही हिस्सा हरितगृह ग्याँस उत्सर्जन कटौति सम्बन्धमा काम गर्ने संस्थालाई दान गर्ने ग्रिम्सको योजना छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

महिलालाई इच्छाविपरीत वेश्यावृत्तिमा संलग्न गराउने पक्राउ महिलालाई इच्छाविपरीत वेश्यावृत्तिमा संलग्न गराउने पक्राउ ३ घण्टा पहिले
नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित २ हप्ता पहिले
फेरि अर्को हाइड्रो कम्पनी आईपीओ निष्कासनको अनुमति माग्दै पुग्याे धितोपत्र बोर्ड फेरि अर्को हाइड्रो कम्पनी आईपीओ निष्कासनको अनुमति माग्दै पुग्याे धितोपत्र बोर्ड २ हप्ता पहिले
पत्रकारमाथि भएको कुटपिटप्रति युनियनद्धारा निन्दा पत्रकारमाथि भएको कुटपिटप्रति युनियनद्धारा निन्दा ४ दिन पहिले
हावाहुरीका कारण ४ वटा जहाज भारत डाइभर्ट हावाहुरीका कारण ४ वटा जहाज भारत डाइभर्ट ३ दिन पहिले
राष्ट्रिय खाद्य बैंकद्धारा लगानीकर्ताहरु र पत्रकारबीच साक्षात्कार राष्ट्रिय खाद्य बैंकद्धारा लगानीकर्ताहरु र पत्रकारबीच साक्षात्कार ४ हप्ता पहिले
पुरानो प्रधानमन्त्री कार्यालयमा सर्दै गृह मन्त्रालय पुरानो प्रधानमन्त्री कार्यालयमा सर्दै गृह मन्त्रालय २ हप्ता पहिले
ओलीको गुट राज्यदोहनमा लागेको गिरोह भएको घनश्यामकाे आरोप ओलीको गुट राज्यदोहनमा लागेको गिरोह भएको घनश्यामकाे आरोप ३ हप्ता पहिले