तीन स्थानीय तहमा उखु प्रवद्र्धन गरिने
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार २१:१९:०
२७ फागुन, दार्चुला । उखु व्यवसाय पछिल्लो समय कम हुँदै गएको छ । उखु उत्पादनमा कम र माग बढ्दै गएपछि कृषि ज्ञान केन्द्रले जिल्लाका तीनवटा स्थानीय तहमा उखु प्रवद्र्धन गर्ने लागेको हो ।
नगदे बालीअन्तर्गत पर्ने उखु खेती तराईमा व्यवसायिकताका साथ गरिन्छ । पहाडमा त्यसरी गरिँदैन् । पहाडमा अहिले पनि परम्परागत विधिको रुपमा उखु खेती गरिँदै आएको छ । ज्ञान केन्द्रका अनुसार जिल्लाको मालिकार्जुन र लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा चालू आर्थिक वर्षबाट उखु प्रवद्र्धन गर्न लागिएको केन्द्रका प्रमुख प्रकाशकुमार पन्तले जानकारी दिए ।
यसका लागि केन्द्रले आर्थिक वर्षको लागि झण्डै रु ८ लाख बजेट विनियोजन गरिएको जनाएको छ । उनले भने, “दार्चुलेली गुडलाई सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पु¥याउने उद्देश्यले आर्थिक वर्षबाट उखु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिन लागेको हो । ”
जिल्लामा उखुबाट उत्पादन हुने गुड प्रतिकिलो रु एक सयदेखि १५० सम्म सजिलै बिक्री हुने गर्दछ । गुड खासगरी चैत महिनामा बढी खपत हुने गरेको छ । परम्परागत रुपमा उखु पेलाइहुँदै आएको ज्ञान केन्द्रले विद्युतीय मेसिन खरीद गर्ने तथा अन्य उपकरण खरीद गर्नका लागि रकम विनियोजन समेत गरेको छ । जिल्लामा हालसम्म पनि आगोमा पकाएर तयार पारिएको गुड विद्युत्तीय भट्टिमा पकाएर तयार पारिएको गुड भन्दा स्वादिष्ट हुने गरेको छ ।
पहाडको गाउँमा चिनीको प्रयोग बढेको तथा युवामा विदेश मोह पलाएको कारण विगतको तुलनामा अहिले उखु खेतीप्रतिको लगाव घट्दै गएको उखु किसानले बताएका छन् ।
परम्परागत विधिबाट तयार पारिएको गुड स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । अहिले दार्चुला जिल्लाका विभिन्न क्षेत्रमा उखु पेलेर गुड निकाल्ने काम शुरु भएको छ । गुड बनाउन मेहनत बढी लाग्ने गरेका कारण पनि महँगो हुँदै गएको मालिकार्जुनका स्थानीयवासी धनसिंह धामीले बताए ।
उनले भने, “मेहनत अनुसार अझै मूल्य आउँदैन् । बढी मेहनत छ तर लगानी कम असुली हुने गर्छ । समय निकै लाग्छ ।” श्रमअनुसार गुड बिक्रीबाट आम्दानी नहुने गरेको कारण किसानले आफूलाई खानलाई मात्र उखुखेती गर्ने र गुड बनाउने गरेका छन् । यहाँ उत्पादन हुने गुड गर्मी मौसममा खानलाई राम्रो मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार