जिल्ला अदालत मकवानपुरद्वारा नौ सय मुद्दा फैसला
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार २१:४९:२
२७ फागुन,हेटौँडा । जिल्ला अदालत मकवानपुर हेटौँडाले चालु आर्थिक वर्षको हालसम्म ८८५ मुद्दाको फैसला गरेको छ । अघिल्लो वर्षको जिम्मेवारी सरेका ४३१ र चालु आवको ४५४ मुद्दाको फैसला गरेको हो । एक हजार ४० मुद्दा चालु अवस्थामा रहेको सो अदालतले जनाएको छ । अदालतबाट प्राप्त विवरणअनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालु आवमा हालसम्म कूल एक हजार ९२५ मुद्दा दर्ता भएको बताइएको छ । अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ९१४ रहेको छ भने चालु आवमा हालसम्म एक हजार ११ मुद्दा दर्ता भएको छ ।
अठार महिनादेखि दुई वर्षसम्मका ६६ मुद्दा, एक वर्षदेखि १८ महिनासम्मका १४५ मुद्दा, छ महिनादेखि एक वर्षसम्मका ३०१ मुद्दा र छ महिनायताका ५१४ मुद्दा चालु अवस्थामा रहेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । सो अदालतको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै उनले जिल्ला अदालत मकवानपुरमा दुई वर्षभन्दा बढीका चारवटा मुद्दा फैसला गर्न बाँकी रहेको र उक्त मुद्दा चालु आवमा फैसला हुने बताए । “विश्वव्यापीरुपमा फैलिएको कोरोना माहामारीले अदालतको फैसलामा पनि असर परेको उल्लेख गर्दे कारोना माहामारी नभएको भए पुराना मुद्दा फैसला भइसकेको हुन्थ्यो”, उनले भने ।
‘एक मिसन एक भिजन, एक वर्षभित्र न्याय सम्पादन’ भन्ने नाराका साथ अदालतले काम गरिरहेको जानकारी दिँदै सो अदालतका नायबसुब्बा पुरुषोत्तम गुरागाईँले पञ्चवर्षीय रणनीति तयार गरी सोहीअनुसार काम भइरहेको बताए । चालु आवमा एक हजार ६१९ नयाँ मुद्दा दर्ता हुने लक्ष्य लिएको अदालतले जिम्मेवारी सरेकासहित चालु आवमा एक हजार ७२४ मुद्दा फछ्र्योट गरिसक्ने लक्ष्य लिएको गुरागाईँले जानकारी दिए । साथै जिल्ला अदालत मकवानपुरले कोरोना महामारीको समयमा इजलासलाई सहज सञ्चालनका लागि सहयोग गर्नेलाई सम्मानसमेत गरेको जनाइएको छ । सो अतालतको नयाँ भवन पनि निर्माण भइरहेको छ । उक्त भवन निर्माण भएपछि काम गर्न थप सहज हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
बालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार