बुधबार , बैसाख ८, २०७८

नेत्रविक्रम चन्द समूहका नेता अझै छुटेनन्

नेत्रविक्रम चन्द समूहका नेता अझै छुटेनन्

२७ फागुन,बझाङ । सरकार र नेकपा समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि चन्द समूहका नेता–कार्यकर्ता छुटेका छैनन् । चन्द समूहका नेता-कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको जिल्ला कारगारका प्रमुख धनबहादुर घर्तीले बताए ।

कारागारमा चन्द समूहका जिल्ला कमिटी सदस्यहरू सागर शाही (बाजिलाल), जोगबहादुर कठायत, देवदत्त अवस्थी र राजेश थापा तथा साधारण सदस्य लक्ष्मण सिंह गरी जम्मा पाँच जना जिल्ला कारागार बझाङमा रहेको कारागार प्रमुख घर्तीले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चन्द समूहको नेकपा र नेपाल सरकारबीच वार्ता सफल भएपछि नेकपाका कार्यकर्ता छाड्न गृहले परिपत्र गरेको थियो । चन्द समूहका जिल्ला कमिटी सदस्य शाही विसं २०७६ चैत २ गते बझाङको थलारा गाउँपालिकाबाट पक्राउ परेका थिए भने कठायत २०७७ मङ्सिर २७ गते धनगढीबाट, थापा २०७७ असोज ६ गते, सिंह २०७६ पुस ८ गते बुङ्गल नगरपालिकाबाट र अवस्थी २०७६ असोज २४ गते पक्राउ परेका थिए ।

जिल्ला अदालत बझाङले तीन जनालाई चन्दा असुली, हातहतियार खरखजना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो भने थापालाई थप दुई बहुविवाह तथा चोरी मुद्दासमेत लगाएको छ । सिंहलाई पनि ज्यान उद्योग मुद्दा लागेको कारागार प्रमुख घर्तीले जानकारी दिए ।

यता सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले भने जिल्ला कारागार बझाङमा चन्द समूहका पाँच नेता कार्यकर्ता रहेको र उनीहरूको मुद्दा जिल्ला प्रशासन कार्यलयमा नभएकाले केही समय लाग्नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा, जात्रामा सहभागीलाई मास्क अनिवार्य आज सेतो मच्छेन्द्रनाथको रथयात्रा, जात्रामा सहभागीलाई मास्क अनिवार्य १६ घण्टा पहिले
म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति कांग्रेसको ऐक्यवद्धता म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति कांग्रेसको ऐक्यवद्धता ३ हप्ता पहिले
बंगलादेशमा १४ इस्लामिक चरमपन्थी लडाकुलाई मृत्युदण्डको फैसला बंगलादेशमा १४ इस्लामिक चरमपन्थी लडाकुलाई मृत्युदण्डको फैसला ४ हप्ता पहिले
दिल्लीमा लकडाउनकाे घोषणालगत्तै मदिरा पसलमा उपभोक्ताको भीड दिल्लीमा लकडाउनकाे घोषणालगत्तै मदिरा पसलमा उपभोक्ताको भीड १ दिन पहिले
एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला विरुद्ध पुनरावलोकनको निवेदन दर्ता एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला विरुद्ध पुनरावलोकनको निवेदन दर्ता ३ हप्ता पहिले
चैते दशैंका दिन मन्दिरमा दर्शनार्थीको भीड चैते दशैंका दिन मन्दिरमा दर्शनार्थीको भीड १५ घण्टा पहिले
आज थपिए १७३६ काेराेना संक्रमित, ११ जनाको मृत्यु आज थपिए १७३६ काेराेना संक्रमित, ११ जनाको मृत्यु ८ घण्टा पहिले
मध्यपहाडी लोकमार्गको क्रसर उद्योग मध्यपहाडी लोकमार्गको क्रसर उद्योग २ दिन पहिले