बिहिबार , बैसाख २, २०७८

कर्णाली दुर्घटना अपडेट,थप एकको मृत्यु

कर्णाली दुर्घटना अपडेट,थप एकको मृत्यु

२७ फागुन,दुल्लु । कर्णाली राजमार्गमा आज भएको सडक दुर्घटनामा थप एकको मृत्यु भएको छ । मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय जितेन्द्रबहादुर शाही र सोही जिल्ला नरहरिनाथ गाउँपालिका २१ वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दुर्घटनामा तीन प्रहरीसमेत घाइते भएका छन् । उनीहरूमध्ये रमेश चौधरीको अवस्था गम्भीर रहेको दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताए । उनले भने, “२१ यात्रुमध्ये दुईको मृत्यु भइसकेको छ । सुर्खेत पठाइएका ११ मध्ये दुईको अवस्था गम्भीर छ । तीन जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

राजमार्गको दैलेख सडकखण्डको आठबिस नगरपालिका–१ टुइकुनामा माइक्रोबस दुर्घटना भएको हो । कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नंको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । माइक्रोबस तीव्रगतिमा हुँदा अनियन्त्रित भई राजमार्गबाट १०० मिटर तल खसेको थियो । बसमा कालीकोटबाट २१ यात्रु सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय