
काठमाडौं । नेपाल एपीएफ क्लब काठमाडौंमा जारी मेयर्स कप एकदिवसीय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज काठमाडौं मेयर्स-११ लाई सात विकेटले हराउँदै एपीएफ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
उपाधिका लागि एपीएफले शनिबार नेपाल पुलिसको सामना गर्नेछ । पुलिस पनि बुधबार मेयर्स-११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
मूलपानी क्रिकेट मैदानमा मेयर्स-११ ले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान शरद भेषवाकर र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे ।
शरदले ११८ बलमा पाँच चौका र एक छक्कासहित अविजित ६१ र जोराले ७९ बलमा ९ चौकासहित नटआउट ६२ रनको योगदान दिए । त्यस्तै, शंकर राना ३१ म आउट भए ।
बलिङमा कप्तान सन्दीप लामिछाने, अनिल खरेल र अनुज चुनाराले एकरएक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङ गरेको मेयर्स-११ ले ४८.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन बनायो ।
उसका लागि सन्दीप रजालीलले ४८, हरिशंकर साहले ३६, बिक्रम भुसालले २०, खडक बोहराले १३ र कप्तान सन्दीप लामिछानेले ११ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा कमलसिंह ऐरी, अविनाश बोहराले तीनरतीन, बसन्त रेग्मी, कप्तान शरद भेषवाकर र भुवन कार्कीले एकएक विकेट लिए ।
प्रतिक्रिया