बुधबार , बैसाख ८, २०७८

आगलागीबाट एक घर जलेर नष्ट

आगलागीबाट एक घर जलेर नष्ट

२७ फागुन,ताप्लेजुङ । फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ । आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो । घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट रु दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

एक्लै बस्दै आएका लिम्बूको आगलागीबाट रु ८० हजार, रु ३० हजार बराबरको अन्नपात र लत्ताकपडालगायत सामान र करीब रु एक लाख ५० हजार बराबरको कच्ची घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने खुलेको छैन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय