पाकिस्तानमा टिकटक माथि प्रतिबन्ध लगाउन आदेश
नेपालबहस संवाददाता
फागुन २७, २०७७ शुक्रबार ०:२०:५
२७ फागुन, एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई पाकिस्तानमा प्रतिबन्ध लगाइने भएको छ । पाकिस्तानी अदालतले त्यहाँको दुरसञ्चार नियमन निकाय पाकिस्तान टेलिकम अथोरिटी ‘पीटीए’ लाई बिहीबार टिकटक माथि प्रतिबन्ध लगाउन आदेश दिएको अन्तराष्ट्रि समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
पाकिस्तानको उत्तरपश्चिम शहर पेशावरको अदालतलमा टिकटकले सामाजमा पाच्य नहुने किसिमको ‘कन्टेन्ट’ हुने भएकाले चिनियाँ सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउन माग राख्दै मुद्दा दायर गरिएको थियो । पाकिस्तानमा गत अक्टोबरमा पनि टिकटक बन्द गरिएको थियो । तर चिनियाँ कम्पनी बाइट डान्सले सञ्चालन गर्ने सामाजिक सञ्जालले स्थानिय कानुन अनुसार चल्ने प्रतिबद्वता जाहेर गरेपछि १० दिनमै प्रतिबन्ध हटाइएको थियो ।
विश्वभर लोकप्रिय रहेको टिकटक पाकिस्तानमा ह्वाट्सएप र फेसबुक पछि सबैभन्दा धेरै डाउनलोड गरिने एप्लिकेशन रहेको रोयटर्सको रिपोर्टमा उल्लेख छ । लोकप्रिय हुनुको बाबजुद पनि टिकटिक विवादमा परिरहने सामाजिक सञ्जाल हो ।
चिनियाँ सरकारसँग नजिक रहेको र प्रयोगकर्ताको ‘डाटा’ सुरक्षित नहुने भन्दै टिकटकको आलोचना हुँदै आएको छ । टिकटकको सबैभन्दा ठूलो बजार रहेको भारतमा समेत सुरक्षाको कारण देखाउँदै चिनियाँ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार