मकैमा अमेरिकी फौजीकीराको प्रकोप
नेपालबहस संवाददाता
फागुन २७, २०७७ शुक्रबार २:३:३१
२७ फागुन, चितवन । जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखापरेको छ । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकामा लगाइएको मकैमा फौजीकिराको प्रकोप देखिएको हो । कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार जिल्लामा लगाइएको वसन्ते मकैमा फौजी किराको प्रकोप देखिएको हो ।
उनका अनुसार अहिले ५० बिघा क्षेत्रफलमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लामा १४ हजार ३०० हेक्टरमा वसन्ते मकै लगाइने गरिएको छ । गत वर्ष ५१ हजार ५१ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस्तै बर्से छ हजार ७३ हेक्टरमा र हिउँदे चार हजार ९८५ हेक्टरमा मकै लगाइने गरेको उनले जानकारी दिए ।
विशेषगरी यो किराले मकैको बिरुवा चारदेखि पाँच पाते हुन लागेपछि आक्रमण गर्ने गर्दछ । सो समयमा फौजी किराको माउले फुल पार्ने र त्यो फुल लार्भा हुँदै विकसित भई मकैको पात खाने गर्दछ । ठूलो भएपछि गुभो खाने गरेको क्षेत्रीले बताए । सन् २०१९ मा नेपालमा पहिलो पटक देखिएको यो किरा विषादी पचाउन सक्ने भएकाले कृषकले मकै बारीमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।
किराको प्रकोप देखिएमा प्राविधिकको सल्लाहबमोजिम विषादी छर्कनुपर्ने उनले बताए । बिहान ११ः०० बजेदेखि बेलुका ३ः०० बजेसम्म मात्रै विषादी छर्नुपर्ने विज्ञहरुको सुझाव छ । मकैको पातमा लार्भाले क्षति गरेको प्वाल तथा गुभोमा क्षतिको लक्षण देखा परेमा अनिवार्य रुपमा सुरक्षित भई विषादीको प्रयोग गर्न सकेमा प्रकोप नियन्त्रण गर्न उनको भनाइ छ ।
केन्द्रका प्रमुख राजन ढकालले अहिले फौजी किराले मकै सानो हुँदादेखि नै आक्रमण गर्न थालेको बताए । कृषकले मकै लगाएपछि बारीमा खासै नजाने हुँदा नियन्त्रण गर्न कठिन हुने उनको भनाइ छ । यसको नियन्त्रणका लागि कार्यालयले बाली उपचार शिविर सञ्चालन गर्दै आएको ढकालले जानकारी दिए।
कृषक आफै सजग नभएसम्म अमेरिकन फौजी किरा नियन्त्रणमा समस्या आउने उनले बताए । उनले भने, “कृषकले आफ्नो बारीमा लगाएको मकैको राम्रोसँग ख्याल गर्न जरुरी छ ।” भरतपुर–६ पारसनगरका कृषक धर्मराज पौडेल अहिले मकैमा सेतो पुतली जस्तो किराले क्षति गरेको बताउछन ।
मकै उम्रिएदेखि नै पुतलीले पात खाने गरेको उनको भनाई छ । पौडेलले आफ्नोसँगै अरुको पनि मकैमा समस्या देखिएको जानकारी दिए । पुतली उड्ने र यसलाई विषादीलेसमेत काम नगर्ने समस्या छ । यसको नियन्त्रणका लागि ट्रयाप ‘पुतली पर्ने पासो’ राखी नियन्त्रणको काम भइरहेको उनले बताए । यस पासोमा दुई दिनको आधा किलोजति पुतली पर्ने गरेको पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार