बिहिबार , बैसाख २, २०७८

बराहक्षेत्रमा बेसारजन्य वस्तुको प्रशोधन उद्योग चल्ने

बराहक्षेत्रमा बेसारजन्य वस्तुको प्रशोधन उद्योग चल्ने

२७ फागुन, धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित जब्दीमा ठूलो लगानीमा बेसारजन्य वस्तुको प्रशोधन उद्योग सञ्चालन गरिने भएको छ । नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्षसमेत रहेका पत्रकार केशव घिमिरेले २५ कट्ठा जग्गा खरीद गरेर टर्मो एग्री हर्वो प्रोडक्ट एन्ड प्रोसेसिङ उद्योग शुरु गरेका हुन् ।

नगर प्रमुख निलम खनालले आज उद्योगको शिलान्यास गरे । सत्तरी प्रतिशत वित्तीय सहयोग र ३० प्रतिशत आफ्नो लगानीमा शुरु गर्न लागिएको उद्योगबाट यही साउनदेखि उत्पादन शुरु गरिने सञ्चालक घिमिरेले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पत्रकार पनि व्यवसायी क्षेत्रमा अब्बल बन्नुपर्छ र मिडिया धरासायी भएका बेला आफ्नै उद्योगको आम्दानीले पनि धान्न सकिन्छ भन्ने विश्वव्यापी मान्यतानुसार आफूले ठूलो लगानीमा उद्योग खोलेको घिमिरेले जानकारी दिए । उनी ‘फाष्ट टाइम्स’ दैनिकको सम्पादक पनि हुन। कोरोना महामारीपछि पत्रिका बन्द रहेको छ ।

उनका अनुसार बेसारजन्य सामग्रीबाट यस उद्योगमा १५ प्रकारका वस्तु उत्पादन गरिने छ । बेसारको जुस, पाउडर, चिया, हर्बल, साबुन, फेसवास, इनर्जी भिट्टालगायतका वस्तु उत्पादन हुने छन् । अदुवाको क्याण्डीसमेत बनाउने योजना रहेको छ । यही वरिपरि उत्पादन हुने कच्चा पदार्थ सहीरुपमा सदुपयोग गर्न यस्तो उद्योग खोलेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कैलालीमा कोरोना संक्रमणबाट एकको मृत्यु कैलालीमा कोरोना संक्रमणबाट एकको मृत्यु ३ दिन पहिले
‘उत्तम शान्ति पुरस्कार’ नियात्राकार अर्याललाई ‘उत्तम शान्ति पुरस्कार’ नियात्राकार अर्याललाई ३ दिन पहिले
बुधबारदेखि मुलुकभर घटना दर्ता विशेष अभियान सुरु हुने बुधबारदेखि मुलुकभर घटना दर्ता विशेष अभियान सुरु हुने २ दिन पहिले
व्यक्तिगत घटना दर्ता नगर्नेलाई टोखा नगरपालिकाले जरिवाना गर्ने व्यक्तिगत घटना दर्ता नगर्नेलाई टोखा नगरपालिकाले जरिवाना गर्ने २३ घण्टा पहिले
भारतमा एकैदिन २ लाख भन्दा बढी संक्रमित भारतमा एकैदिन २ लाख भन्दा बढी संक्रमित ७ घण्टा पहिले
कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा ८ घण्टा पहिले
आईपीएलः आज दिल्ली र राजस्थान भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ आईपीएलः आज दिल्ली र राजस्थान भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ ८ घण्टा पहिले
भैँसीगोठलाई विस्थापन गर्दै मर्दी पदयात्रामा खुलेको होटेल भैँसीगोठलाई विस्थापन गर्दै मर्दी पदयात्रामा खुलेको होटेल ४ दिन पहिले