आइतबार , बैसाख ५, २०७८

ओली जसपाको तीनबुँदे शर्तमा सकारात्मक

ओली जसपाको तीनबुँदे शर्तमा सकारात्मक

२७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ ले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी ओली सकारात्मक देखिएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुटावारमा सत्तारुढ एमाले र जसपा नेताहरुबीचको भेटवार्तामा प्रधानमन्त्री ओलीले आफूहरुले राखेको माग सम्बोधनका लागि सकरात्मक रहेको जसपाले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

जसपाले कैदीबन्दी साथीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन लगायतका माग राखेकाे छ । अबको वार्ता कार्यदल स्तरमा हुनेछ । एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई खटाएका थिए । अब त्यसमा अरु नेताहरुलाई राखेर कार्यदल बनाउने तयारी छ । यसका लागि जसपाको वार्ता टोली कार्यदललाई पूर्णता दिएर माग सम्बोधन कसरी गर्ने भन्ने सम्बन्धमा मोडालिटी तयार गर्ने निर्णय भएको नेता कर्णले जानकारी दिए । भेटमा प्रधानमन्त्री ओली, एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहभागी थिए ।

एमालेका तर्फबाट नेम्वाङ, पौडेल र भट्टराईलाई कार्यदलको जिम्मेवारी दिइएको छ । जसपाको शीर्ष नेताहरूको बिहीबारको बैठकले पाँच शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

फेरि अर्को नयाँ कम्पनीले ५५ हजार कित्ता आईपीओ ल्याउँदै, गर्यो बिक्री प्रबन्धक चयन फेरि अर्को नयाँ कम्पनीले ५५ हजार कित्ता आईपीओ ल्याउँदै, गर्यो बिक्री प्रबन्धक चयन १ हप्ता पहिले
सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते गरेको छैन: देउवा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते गरेको छैन: देउवा ४ हप्ता पहिले
एस्ट्रिक टेक्नोलोजीद्धारा वर्ल्ड वार फोर-इन्ड गेम्स लन्च एस्ट्रिक टेक्नोलोजीद्धारा वर्ल्ड वार फोर-इन्ड गेम्स लन्च २ दिन पहिले
सूइज नहरमा अड्किएको पानीजहाज हटाइयो, जलमार्ग खुल्यो ! सूइज नहरमा अड्किएको पानीजहाज हटाइयो, जलमार्ग खुल्यो ! ३ हप्ता पहिले
फाप्लुमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ्ग सेवा सुरु फाप्लुमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ्ग सेवा सुरु ४ हप्ता पहिले
स्पष्टीकरणको सामूहिक जवाफ दिने र प्रतिप्रश्न गर्ने रणनीतिमा नेपाल-खनालपक्ष स्पष्टीकरणको सामूहिक जवाफ दिने र प्रतिप्रश्न गर्ने रणनीतिमा नेपाल-खनालपक्ष ३ हप्ता पहिले
गहुँ उत्पादनमा अग्रणी बन्दै सुन्दरीफाँटा गहुँ उत्पादनमा अग्रणी बन्दै सुन्दरीफाँटा ३ हप्ता पहिले
डब्लुडब्लुएफको सद्भावना दूतमा आनी छोइङ डब्लुडब्लुएफको सद्भावना दूतमा आनी छोइङ ४ दिन पहिले